गजल


बैशाख ३१, २०८३, बिहीबार | राति ०७:१२ बजे | 30


गजल

राजन कार्की

दुखमा गरेका वाँचाहरु, किन फेरि फेर्न थाले ।

आफन्तहरुले नै आज,वाटोघाटो कुर्नथाले ।।

 

जसका लागि बगाएँ,रगत अनि पसिनाहरु ।

वैगुनिलाई गुन लगाएँ,उनिहरुले नै मार्नथाले ।।

 

स्वतन्त्रताको विहानी ल्याउँने,मेरा ती ईच्छालाई ।

चारैतिर जाँल बिछ्याई,त्यसैभित्र पार्नथाले ।।

 

जबहुन्छ विवेक शून्य,खोला तर्यो लौरो विर्स्यो ।

स्वार्थिहरुको सेवा गर्दा,भाषाहरु फेर्नथाले ।।

Comments