ऐन कानुनको इमानदारीपूर्वक पालना भए धेरै समस्याहरुको समाधान हुने
बैशाख ३१, २०८३, बिहीबार | साँझ ०५:४३ बजे | 55
‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु ‘बिक्री वितरण नियन्त्रण) ऐन’ लगायत स्तनपानसम्बन्धी सरोकारवाला निकायहरुलाई अभिमुखीकरण
भक्तपुर नगरपालिका र जनस्वास्थ्य कार्यालय भक्तपुरको संयुक्त आयोजनामा ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु ‘बिक्री वितरण नियन्त्रण) ऐन’ लगायत स्तनपानसम्बन्धी सरोकारवाला निकायहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सरकारको ऐन कानुनको इमानदारीपूर्वक पालना भए धेरै समस्याहरुको समाधान हुने बताउँदै फाइदाको लागि जे पनि गर्न तयार हुने व्यापारीहरुले गर्दा जनस्वास्थ्यमा नकारात्मक असर पु¥याउने तर्फ सबै सचेत हुनु जरुरी रहेको बताउनुभयो ।
आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु ‘बिक्री र वितरणको सन्दर्भमा बिक्रीकर्ता र उपभोगकर्ताहरु सबै सचेत हुनुपर्ने बताउँदै आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुलाई विकल्पको रुपमामात्र प्रयोग गर्नुपर्ने बताउनुभयो । आमाको दुध शिशुको लागि अमृतसरह हुने बताउँदै शिशुहरुलाई सकेसम्म आमाको दुध नै खुवाउनुपर्ने विषयमा सचेत पार्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका कार्यालय प्रमुख अन्जना खड्का र जनस्वास्थ्य अधिकृत कल्पना पाण्डेले स्तनपानको संरक्षण र सम्बद्र्धन तथा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री वितरणलाई नियमित गरी बच्चाहरुको लागि सुरक्षित र पर्याप्त पोषणको व्यवस्था गर्ने उद्देश्यले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु ‘बिक्री वितरण नियन्त्रण) ऐन निर्माण भएको बताउँदै ऐनलाई प्रभावकारी कार्यान्वयन गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो ।
