पुराना सरकारहरूले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने


चैत १०, २०८२, मङ्गलबार | विहान ०८:१५ बजे | 160


पुराना सरकारहरूले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुई तिहाइको नतिजा ल्याई सरकार बनाउने तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूले पुराना सरकारहरूले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने बताएका छन्। साथै पुराना सरकारबाट राजनीतिक नियुक्ति लिएका विभिन्न व्यक्तिहरूलाई पदबाट राजीना दिन उनीहरूले आह्वान पनि गरेका छन्। तर रास्वपाले संस्थागत रूपमै त्यसबारे औपचारिक आह्वान भने गरेको छैन। रास्वपाका नेताहरूका अनुसार पुराना सरकारहरूबाट एक हजार एक सय ७० भन्दा बढी पदमा राजनीतिक नियुक्ति गरिएको छ।

Comments