भक्तपुरमा बेरोजगार भयाबह, माग १ः आवेदन ३९ जना 


चैत ९, २०८२, सोमबार | राति ०८:४५ बजे | 740


भक्तपुरमा बेरोजगार भयाबह, माग १ः आवेदन ३९ जना 

भक्तपुर । भक्तपुरमा बेरोजगारहरुको संख्या भयाबह देखिएको छ । ख्वप कलेज अफ इन्जिनियरिग लिवाली भक्तपुरमा एकजना जिन्सी सहायक सहायकस्तर चौथौंको मागमा ३९ जना आवेदन परेका छन् । 
कलेजले सोमबार जिन्सी सहायक पदका आवेदकहरूको नामावली सार्वजनिक गरेको थियो । 
कलेज प्रशासनले सार्वजनिक गरेको सूचनाअनुसार उक्त पदका लागि आवेदन दिएका ३९ जना उम्मेदवारहरूको नाम र रोल नम्बर सहितको सूची प्रकाशित गरिएको हो । सूचीमा विशाल प्रजापति, सुस्मिता महर्जन, सुभाष गोसाईं, सरला श्रेष्ठ, सुमिना पञ्च लगायतका उम्मेदवारहरू समावेश छन् ।
यो सूची आगामी छनोट प्रक्रिया (जस्तै लिखित परीक्षा, अन्तर्वार्ता आदि) अघि प्रारम्भिक विवरणका रूपमा सार्वजनिक गरिएको बुझिएको छ । उम्मेदवारहरूलाई कलेजबाट जारी हुने थप सूचना अनुसार परीक्षा वा छनोट प्रक्रियामा सहभागी हुन अनुरोध गरिएको छ ।
यो कलेज भक्तपुर नगरपालिकाद्वारा सञ्चालन गरिएको सामुदायिक कलेज हो, जसले सुलभ शुल्कमा उच्च शिक्षा प्रदान गर्दै आएको छ ।

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुरमा बेरोजगार भयाबह, माग १ः आवेदन ३९ जना 

Comments