सूर्यविनायकमा धुलो र हिलोले जनजीवन प्रभावित (तस्वीरहरु पनि)
चैत ८, २०८२, आइतबार | राति ०७:११ बजे | 325
भक्तपुर । भक्तपुरको सूर्यविनायक क्षेत्रमा सडक निर्माण तथा मर्मत कार्यका कारण अत्यधिक धुलो र हिलो बढ्दा स्थानीय बासिन्दा तथा व्यवसायीहरू निकै प्रभावित भएका छन् । केही दिनयता सुक्खा मौसममा सडकभरि उड्ने धुलोले हिँडडुल गर्न गाह्रो बनाएको छ भने पानी परेपछि त्यही सडक हिलोमा परिणत भई झन् समस्या बढेको छ । सडकमा हिँड्ने पैदल यात्रुहरूलाई निकै कठिनाइ भएको छ भने सवारी साधन चलाउन समेत जोखिम बढेको छ । यस्तै, सडक किनारमा रहेका पसलेहरू पनि समस्यामा परेका छन्। फलफूल तथा खाद्यान्न पसलहरूमा धुलो जम्दा सामान बिग्रने तथा ग्राहक घट्ने समस्या देखिएको छ । “धुलोले गर्दा ग्राहक नै आउन छोडे, व्यापार घटेको छ,” एक स्थानीय पसलेले गुनासो गरे।
सडक मर्मत कार्यका लागि प्रयोग भइरहेका मेसिन तथा पानी छर्कने काम भए पनि पर्याप्त नभएको स्थानीयको भनाइ छ। उनीहरूले नियमित रूपमा पानी छर्कने, छिटो काम सम्पन्न गर्ने तथा वैकल्पिक बाटोको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। स्थानीय प्रशासनले भने समस्या समाधानका लागि आवश्यक कदम चाल्ने जनाएको छ। तर, काम ढिलो भइरहेको भन्दै सर्वसाधारणले छिटो सुधारको अपेक्षा गरेका छन्।
फाेटाेमा हेर्नुहाेस्...
