राजीब खत्री सूचना मन्त्री बन्ला त ?


चैत ७, २०८२, शनिबार | साँझ ०६:२७ बजे | 185


राजीब खत्री सूचना मन्त्री बन्ला त ?

भक्तपुर । भक्तपुर क्षेत्र नं २ बाट निर्वाचित राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले आफू मन्त्री वन्ने दौड (रेस)मा नभएको स्पष्ट पारेका छन् । पार्टीले जिम्मेबारी दिए जिम्मेबारीबाट नभाग्ने पनि उनले जनाएका छन् । 
नेपाल प्रेस सोसाइटीले सूर्यविनायक भक्तपुरले शनिबार भक्तपुरबाट नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा बोल्दै उनले मन्त्री वन्नका लागि नभए देशका लागि काम गर्न राजनीतिमा लागेकाले मन्त्री पदका लागि अरु जस्तै लाइनमा नलाग्ने बताए । उनले मन्त्रीका लागि सिफारिस गर्न कसैसँंग सम्वादमा नरेहेको पनि स्पष्ट पारे । पछिल्लो समय उनी सूचना मन्त्री बन्ने चर्चा छ ।  
कार्यक्रममा भक्तपुरबाट नवनिर्वाचित सांसदहरूले जिल्लाका साझा समस्याहरू समाधान गर्न एकजुट भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा नवनिर्वाचित सांसदहरू रुकेश रञ्जित, कुसुम महर्जन, मदनकृष्ण श्रेष्ठ तथा डा. गङ्गालक्ष्मी अवालले विकास, सुशासन र जनताका आधारभूत आवश्यकतामा केन्द्रित भएर काम गर्ने बताएका थिए । भक्तपुरबाट यो पटक दुई जना प्रत्यक्ष र चार जना समानुपातिक गरी कुल ६ जना साँंसद छन् । रास्वपाबाट चार र नेपाली कांग्रेसबाट दुई सांसद यो पटक संसदमा छन् । 
यसै क्रममा विगत दुई दशकदेखि भ्रष्टाचारविरुद्ध सामाजिक सचेतनामूलक अभियान सञ्चालन गर्दै आएको हेम सरिता पाठक फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठकले सांसदहरूले अब भ्रष्टाचार नगर्ने प्रतिज्ञा गर्नुपर्ने र विगतका भ्रष्टाचारका घटनाहरूको छानबिन गर्न पहल गर्नुपर्नेमा जोड दिएका थिए । सोसाइटीका उपाध्यक्ष दिपेन्द्रराज खत्रीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष अरुण महतले राखेका थिए भने सभापतित्व प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीले गरेका थिए ।
 

फाेटाेमा हेर्नुहाेस्...

राजीब खत्री सूचना मन्त्री बन्ला त ?

Comments