वातावरण संरक्षण मञ्च भक्तपुरद्वारा ज्ञापनपत्र पेश
चैत ७, २०८२, शनिबार | साँझ ०६:०१ बजे | 70
भक्तपुर, चैत ६ । वातावरण संरक्षण मञ्च भक्तपुरद्वारा शुक्रबार चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री समक्ष ज्ञापनपत्र पेश गरिएको छ । वातावरण संरक्षण मञ्चको ज्ञापनपत्र बुझ्दै प्रमुख खत्रीले चाँगु नारायण नगरपालिका भित्र भइरहेको अवैध बालुवा माटो निकाल्ने कामबाट विश्व सम्पदामा सुचीकृत चाँगु नारायण मन्दिर संरक्षणमा चुनाैति थपिएको बताउँदै प्रारम्भिक वातावरणीय परिक्षण सहित स्वीकृत गर्ने कार्यविधि रहेको बताउनुभयो । वातावरण संरक्षण मञ्च भक्तपुरको ज्ञापनपत्रमा चाँगुनारायण नगरपालिका विभिन्न वडामा भएको अवैध माटो र बालुवाखानी संचालनबाट प्राकृतिक स्रोतको दोहनले वातावरण प्रदुषणसँगै प्राकृतिक संचरना बिग्रेको तथा नगरभित्र संचालन भएका ईट्टा भट्टाहरुबाट मानव स्वास्थ्यमा प्रतिकुल असर परेको जनगुनासोको ध्यानार्कषण गराएको छ । साथै मञ्चले डाँडा सम्याउने प्रयोजनमा स्वीकृति दिँदा प्राकृतिक स्रोतको दोहनसँगै विश्व सम्पदामा सूचिकृत चाँगुनारायण मन्दिर र त्यहाँको वस्तीमा पहिरो जाने, भासिने वा अन्य प्राकृतिक जोखिम बेहोर्नु पर्ने प्रति सजग गराएका छन् । वातावरण संरक्षण मञ्च भक्तपुरका अध्यक्ष न्हुछे बहादुर प्रजापतिको प्रतिनिधिमण्डलले चाँगु नारायण नगरपालिकाको सभाकक्षमा नगर प्रमुख खत्रीलाई उक्त ज्ञापनपत्र र मञ्चको वातावरणीय पत्रिका स्वच्छ वातावरण वितरण गरिएको थियोे ।
फाेटाेमा हेर्नुहाेस्...
