चाँगुनारायण नगरपालिकाद्वारा माटो–बालुवा उत्खननमा कडाइ, अनुमति बिना कार्य गरे कारबाही हुने


चैत ६, २०८२, शुक्रबार | दिउँसो ०३:४७ बजे | 95


चाँगुनारायण नगरपालिकाद्वारा माटो–बालुवा उत्खननमा कडाइ, अनुमति बिना कार्य गरे कारबाही हुने

चाँगुनारायण नगरपालिका ले माटो, बालुवा तथा निर्माणजन्य सामग्रीको उत्खनन र निकासी सम्बन्धी कडाइ गर्ने निर्णय गरेको छ। नगरपालिकाले सूचना जारी गर्दै अनुमति बिना उत्खनन तथा ओसारपसार गर्ने कार्य गैरकानुनी हुने स्पष्ट पारेको हो।

नगरपालिकाका अनुसार सार्वजनिक तथा निजी जग्गाबाट हुने माटो–बालुवा उत्खननलाई व्यवस्थित गर्न कार्यविधि २०८२ लागू भइसकेको छ। सो कार्यविधिअनुसार मात्र अनुमति दिइने र प्रचलित संघीय तथा प्रदेश कानुनको पूर्ण पालना गर्नुपर्ने जनाइएको छ।

सूचनामा उल्लेख भएअनुसार २०८२ साल फागुन मसान्तपछि नयाँ उत्खनन तथा बिक्री वितरणका लागि अनुमति नदिइएको पनि स्पष्ट पारिएको छ। हालसम्म अनुमति पाएका व्यवसायीहरूलाई पनि तोकिएको समयभित्र मात्र काम गर्न दिइनेछ।

यससँगै, नगरपालिकाले कोन्चो इट्टा उद्योग सञ्चालन गर्ने केही व्यवसायीहरूको अनुमति २०८२ साल चैत मसान्तसम्म कायम रहेको जानकारी दिएको छ।

नगरपालिकाले विशेष रूपमा चेतावनी दिँदै भनेको छ—अनुमति बिना मेसिन/डोजर प्रयोग गरी माटो, बालुवा उत्खनन वा ढुवानी गरेमा कानुनअनुसार कारबाही गरिनेछ। साथै, यस्ता अवैध गतिविधि देखिएमा जानकारी गराउन स्थानीयलाई आग्रह गरिएको छ।

यो निर्णयले पछिल्लो समय बढ्दो अव्यवस्थित उत्खनन नियन्त्रण गर्न र वातावरणीय सन्तुलन जोगाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

फाेटाेमा हेर्नुहाेस्...

चाँगुनारायण नगरपालिकाद्वारा माटो–बालुवा उत्खननमा कडाइ, अनुमति बिना कार्य गरे कारबाही हुने

Comments