व्यासीदेखि कमलबिनायक लान्चाफल्चासम्म रहेका ग्यास पसल अनुगमन


चैत ५, २०८२, बिहीबार | साँझ ०४:१८ बजे | 570


व्यासीदेखि कमलबिनायक लान्चाफल्चासम्म रहेका ग्यास पसल अनुगमन

भक्तपुर, ५ चैत । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा व्यासीदेखि कमलबिनायक हु“दै लान्चाफल्चासम्म रहेको ग्यास पसलहरु ८ वटा पसलहरुमा बजार अनुगमन भयो । अनुगमनमा अधिकांश पसलहरु भक्तपुर नगरपालिकामा दर्ता नविकरण नगरी संचालन गरेको, किराना र भा“डाकुडा पसलमा दर्ता गरी ग्यास बेचिरहेको देखियो भने म्याद सकेको ग्यास सिलिण्डर नराख्न, ग्यास भरेको सिलिण्डर लुकाएर अभाव सृजना गरी महंगोमा नबेच्न र ग्राहकहरुको सुचि राखी वितरण गर्न, अति आवश्यक ग्राहकलाई कम्पनी फरक भएपनि ग्यास वितरण गर्न र पेटीमा ग्यास सिलिण्डर नराख्न सुझाब दिएको संयोजक राजकृष्ण गोराले बताउनुभयो ।
अनुगमनमा महाकाली ग्यास सप्लायर्स २०७५ पछिदेखि नविकरण नगरेकोले तीन दिन भित्र नविकरण गर्न र पेटीमा ग्यास सिलिण्डर नराख्न निर्देशन दियो । श्री महालक्ष्मी ग्यास पसल २०७९÷०८० पछि नविकरण नभएको तीन दिन भित्र नविकरण गर्न, नगांचा ग्यास पसल पनि नविकरण गर्न, अनुप ग्यास पसल नविकरण गर्न र पेटीमा ग्यास सिलिण्डर नराख्न, न्यू प्रजापति इन्टरप्राइजेज भाडाकुडा पसलमा दर्ता गरी ग्यास विक्रि वितरण गरेकोले ग्यास पसल पनि दर्ता गर्न, साखकर्मी किराना पसलमा दर्ता गरी ग्यास विक्री वितरण गरेकोले ग्यास पसल पनि दर्ता गर्न र किराना पसल २०७७÷०७८ पछिदेखि नविकरण नगरेकोले तीन दिन भित्र नविकरण गरी कार्यालयमा उपस्थित हुन, जय श्री महालक्ष्मी ग्यास सप्लायर्स २०७९÷०८० पछिदेखि नविकरण नगरेकोले तीन दिन भित्र नविकरण र सौजन स्टोरको दर्ता कागजात पसलमा नभएकोले तीन दिन भित्र कागजात सहित नगरपालिकामा उपस्थित हुन निर्देशन दिएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।  
अनुगमन समितिका सदस्य वडा सदस्य रोशनमैया सुवाल, भनपा श्यानिटेश उपशाखा प्रमुख दिलिप कुमार सुवाल, वडानिरिक्षक रामकृष्ण प्रजापति, कर शाखाका प्रभाष कुमार चालिसे, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक तेज प्रसाद खतिवडा, राष्ट्रिय उपभोक्ता मञ्जका मनोज थापा, भक्तपुर उद्योग वाणिज्य संघका राजेश त्वानाबासु, भक्तपुर घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, बाणिज्य तथा उद्योग कार्यालयका लक्ष्मी प्रसाद कासुलाको सहभागी थियो ।
 

फाेटाेमा हेर्नुहाेस्...

व्यासीदेखि कमलबिनायक लान्चाफल्चासम्म रहेका ग्यास पसल अनुगमन

Comments