जसले गाउँंको मुहारलाई नै फेर्दैछ...


चैत ३, २०८२, मङ्गलबार | राति ०९:०७ बजे | 100


जसले गाउँंको मुहारलाई नै फेर्दैछ...

भक्तपुर । भक्तपुरको रानीझुला झोलुंगे पुल पर्यटकको आकर्षणको केन्द्र बन्न थालेको छ । नगरकोटको काखमा रहेको यो झोलुंगे पुल कमलविनायक बसपार्कबाट नगरकोट जाँदा बिच बाटोमै पर्छ । कमलविनायक–नगरकोट सडकको तेलकोटबाट करिब एक किलोमिटरमाथि नगरकोटतिर गएपछि यो पुल देख्न सकिन्छ । पुल पुग्नका लागि चारपँग्रे गाडी मूल सडकमै राखेर एकदुई मिटर अर्थात् पाँच मिनेटजति पैदल ओरालो लाग्नुपर्छ ।
काठमाडौंबाट करिब ३२ किलोमिटर पूर्वमा पर्दछ नगरकोट । तर यो पुल काठमाडौंबाट झन्डै २२ किलोमिटरमै रहेको छ । नेपालकै सबैभन्दा लोकप्रिय पर्यटकीय गन्तव्य मानिने नगरकोटको मुख्य आकर्षण अहिले यो पुल बन्न पुगेको छ । 
यो ठाउँ भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा ६ नगरकोटमा पर्दछ । यो पुलले चाँगुनारायण नगरपालिका वडा नं ६ र ७ दुई वटा वडा जोड्छ । 
बास्तोला गाउँ, वन, पँधेरो झोलुंगे पुल रानी झुलाको उद्घाटन २०८० साल जेठमा भएको थियो।
स्थानीय मणिराम लामिछानेले पुल दुई वडा जोडनका लागि बनाइएको भए पनि अहिले पर्यटकीय आकर्षणको केन्द्र बन्न थालेको बताउँंछन् । यही कारण यहाँं दिनमा सयौं आन्तरिक पर्यटकहरु आउने गरेको उनले सुनाए । यही कारण यो ठाउँंमा होटल तथा होमस्टेहरु वढ्ने क्रम पनि तीव्र रहेको बताइएको छ । जंगलको विचमा सुनसान सुन्दर ठाउँं भएकाले पनि पुल हेर्न आउनेहरुको संख्या वढेको अनुमान छ । 
झोलुंगे पुल हेर्न, खेल्न दैनिक सयौं आन्तरिक तथा विदेशी पर्यटक आउन थालेको स्थानीय बताउँछन् । स्थानीयका अनुसार विशेषगरी शनिबार र बिदाका दिनमा यहाँ घुम्न आउनेको संख्या अत्यधिक हुन्छ । विशेषगरी काठमाडौं, ललितपुर, भक्तपुरसहित विभिन्न ठाउँबाट युवकयुवती यहाँ आउने गरेको स्थानीयले बताए । यही कारण यहाँ सानातिना नाङ्ले पसलेको पनि लर्काे देखिन्छ । यही ठाउँमा रात बिताउन चाहनेका लागि पनि गाउँभरिका घरमा होम स्टेको व्यवस्था रहेको छ ।
पुल पुग्न हिजोआज प्रवेश शुल्क लिन थालेको छ । स्थानीय श्री नगरकोट ऐनडाँंडा सामुदायिक वन उपभोक्ता समूहले टिकट काउण्टर नै राखेर प्रवेश शुल्क उठाउन थालेको हो । उसले स्वदेशी पर्यटकसँंग प्रति पर्यटक रु २०, विदेशीसँंग रु ५०, विद्यार्थीसँग रु १० लिने गरेको छ । साथै दुईपाँंग्रे मोटरसाइकल, चारपाँंग्रे गाडी पार्किगको पनि छुटै शुल्क उठाउने गर्दै आएको छ ।  
पुल दुई सय ५० मिटर लामो छ । पुल एक करोड ६७ लाख रुपैयाँको लागतमा निर्माण भएको थियो । पुलको २०७८ चैत २१ गते तत्कालिन मेयर सोम मिश्रले उदघाटन गरेका थिए । 
सिंगो चाँगुनारायण नगरपालिकालाई नै पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्ने चाँगुनारायण नगरपालिकाको प्रयासमा प्रयासलाई यो पुलले पनि टेवा दिएको छ ।
 

फाेटाेमा हेर्नुहाेस्...

जसले गाउँंको मुहारलाई नै फेर्दैछ...
जसले गाउँंको मुहारलाई नै फेर्दैछ...

Comments