कुटपिटको भाइरल भिडियो भक्तपुरकोः कुटपिट गर्ने व्यक्तिको खोजीमा प्रहरी
चैत १, २०८२, आइतबार | राति ०९:०९ बजे | 320
नगरकोट जाने क्रममा दुई जना राइडरमाथि कुटपिट भएको घटना सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्चा चुलिएको छ। पीडित राइडरहरू युट्युब च्यानल ‘आरजी राइडर भ्लग (RG Rider Vlog)’ र ‘आरबी भ्लग लिजेन्ड (RB Vlog Legend)’ का भ्लगर विशाल तामाङ र लक्सकुमार राई रहेको खुलेको छ। राइडर विशाल तामाङका अनुसार उक्त घटना शनिबार मध्यान्ह करिब १२ बजेतिर भक्तपुरको तेलकोट–नगरकोट क्षेत्रमा भएको हो। विपरीत दिशाबाट आएको कारसँग लगभग दुर्घ'टना हुन लागेपछि उनीहरूले चालकलाई सचेत गराउन खोज्दा विवाद बढ्दै कु'टपिटसम्म पुगेको दाबी गरिएको छ।
तामाङले आफूहरूलाई कु'टपिट गर्नुका साथै ज्यान मा'र्ने ध'म्कीसमेत दिइएको बताए। “हाम्रो गल्ती केही पनि थिएन,” उनले भने, “उसले आफ्नो एरिया भन्दै, गल्ती उसैको हुँदाहुँदै पनि हामीलाई कुट्यो। त्यसपछि हामीले प्रहरीमा जाहेरी दिएका छौँ। अब प्रहरीले के गर्छ, हेरौँ।”
घट'नापछि पीडित पक्षले जिल्ला प्रहरी परिसर भक्तपुरमा जाहेरी दर्ता गराएका छन्। भक्तपुर परिसरका प्रवक्ता तथा डीएसपी प्रकाश जबेगु लिम्बुले जाहेरी परेको पुष्टि गर्दै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए। “भिडिओ फुटेज कहिले र कहाँको हो भन्ने विषयमा हामीले जाँच गरिरहेका छौँ,” डीएसपी लिम्बुले भने, “अनुसन्धानपछि मात्रै सबै कुरा स्पष्ट हुन्छ। सम्बन्धित पक्षलाई खोज्ने काम भइरहेको छ।”
