रास्वपाको पूर्वानुमानः भक्तपुरका दुवै क्षेत्र नजित्ने सूचिमा
फाल्गुन २१, २०८२, बिहीबार | राति ०८:४९ बजे | 550
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ ५२ सिट जित्ने पूर्वानुमान गरेको छ । यसमा दुई चार सिट तलमाथि हुनसक्ने विकल्प पनि राखिएको छ । पार्टीको आन्तरिक विभागले तयार पारेको सूचिअनुसार सुदूरपश्चिम प्रदेशबाट ४, कर्णालीबाट १ वा २, लुम्बिनीबाट ११, गण्डकीबाट ८, बागमतिबाट १५, मधेशबाट ६ र कोशी प्रदेशबाट ७ सिट जित्न सक्छ ।
पार्टी श्रोतका अनुसार १६ सिट भएको सुदूरपश्चिमको कैलाली र कञ्चनपुरबाट १–१, अछाम र बैतडीबाट १–१ सिट जित्न सक्नेछ । यसैगरी कर्णालीबाट १ वा २ सिट जित्न सक्नेछ भने २६ सिट भएको लुम्बिनीबाट रास्वपाले ११ सिट जित्नसक्ने प्रक्षेपण गरिएको छ ।
बर्दियाबाट १ सिट, पश्चिम नवलपरासीका दुवै क्षेत्र, बाँकेको १ र ३ दाङका तिनवटै क्षेत्र, रुपन्देहीको २, ३ र ५ लाई रास्वपाले जित्ने सूचिमा राखेको छ । १८ सिट भएको गण्डकीमा रास्वपाले ८ सिट जित्न सक्ने सूचिमा छ । कास्कीका तिनवटै क्षेत्र, पूर्वी नवलपरासी, तनहुँ र स्याङ्जामा १–१ क्षेत्र जित्न सकिने सूचिमा छ भने गोरखाको दुवै क्षेत्रलाई अनिश्चित भनेको छ ।
३३ सिट रहेको बागमतिमा रास्वपाले १५ सिट आफ्नो पक्षमा आउने रिर्पोट तयार गरेको छ । काठमाडौंको ३, ६, ७, ८, ९ जित्न सक्ने सूचिमा छ भने २ र ५ मा तीब्र प्रतिस्पर्धा रहेको रिर्पोटमा उल्लेख छ । भक्तपुर र ललितपुर जित्न नसकिने सूचिमा छ भने सिन्धुली–२, सिन्धुपाल्चोक–१, काभ्रेको एउटा क्षेत्र, नुवाकोट र धादिङको दुवै क्षेत्र, चितवनको तिनवटै क्षेत्र जित्न सकिने सूचिमा छ । मकवानपुरलाई अनिश्चित भनेको छ भने रसुवा जित्न नसकिने सूचिमा छ ।
२८ सिट भएको कोशी प्रदेशबाट रास्वपाले ७ सिट जित्न सकिने सूचिमा राखेको छ । झापा–३ बाहेक बाँकी ४ वटै क्षेत्र, मोरङमा एउटा क्षेत्र, सुनसरी–२ र उदयपुर–१ मा जित्न सकिने रिर्पोटमा उल्लेख छ । झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) साहले सजिलै पराजित गर्न सक्ने रिर्पोटमा उल्लेख गरिएको छ ।
