भक्तपुरको बोदे मतदान केन्द्रः जहाँ महिलाले गर्दैछन् निर्वाचनको कमाण्ड


फाल्गुन २०, २०८२, बुधबार | राति ०८:२४ बजे | 310


भक्तपुरको बोदे मतदान केन्द्रः जहाँ महिलाले गर्दैछन् निर्वाचनको कमाण्ड

भक्तपुर । बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनका लागि भक्तपुरमा धेरै मतदान केन्द्र र स्थलहरु छन् । तीमध्ये एक विशेष केन्द्र र स्थल हो, बोदे मतदान केन्द्र जहाँंको सम्पूर्ण जिम्मेबारी महिलाले निभाउँंदै छ । “निर्वाचन पुरुषको मात्र जिम्मेवारी होइन, हामी पनि सक्छौं” भन्ने सन्देशसहित नमूना मतदान केन्द्रको रुपमा त्यस केन्द्रको विकास गरिएको छ । 
भक्तपुर क्षेत्र नं २ अन्तर्गत मध्यपुर थिमि नगरपालिका वडा नं ९ बोदेको सम्पूर्ण जिम्मेबारी महिलाले पाएको हो । यो मदतान केन्द्र भक्तपुर क्षेत्र नं २ को मतगणणास्थल बोदेस्थित कृषि विकास तालिम केन्द्रभित्रको मतदानस्ल हो । 
भक्तपुर क्षेत्र नं २ कि मतदान अधिकृत राधिका सुवालले यहाँं सम्पूर्ण जिम्मेबारी महिलालाई दिएको जनाइन् । त्यसकारण यस मतदान केन्द्रको नाम नै नमूना मतदान केन्द्र राखिएको उनले जनाइन् । यहाँं मतदान अधिकृतदेखि कार्यालय सहायकसम्मका सम्पूर्ण जिम्मेबारी महिलाको हातमा छ, स्वतन्त्र पत्रकार संघ भक्तपुरले निर्वाचनको तयारीबारे बुधबार भक्तपुरमा गरेको अन्तरक्रिया तथा पत्रकार सम्मेलनमा उनले भनिन्, कर्मचारी मात्रै होइन, सुरक्षाकर्मी पनि सवै महिला नै छन् । 
यहाँं चार वटा बुथ छन् । एउटा बुथमा मतदान अधिकृतको नेतृत्वमा नौ जनाको टोली छ । यस हिसावले यहाँं चार जना मतदान अधिकृतसहित ३६ महिलाको टोली खटिएका छन् । साथै एउटा बुथमा दुई दर्जन सुरक्षाकर्मी गरी त्यही अनुसार सुरक्षाकर्मी पनि परिचालित छन् । 
यहाँंस्थित एउटा बुथकी मतदान अधिकृत सृजना महर्जनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन महिलाको नेतृत्व सक्षम हुने विश्वास दिलाइन् । यसका लागि कुनै पनि अव्यवस्था हुन नदिन विशेष कार्ययोजना बनाइएको जानकारी उनले दिइन् । उनका अनुसार प्रत्येक मतदान केन्द्रमा महिला स्वयंसेविका परिचालन गरिनेछ भने सुरक्षाकर्मी तथा निर्वाचन अधिकृतसँग नियमित समन्वय भइरहेको छ । स्थानीय प्रतिनिधिले पनि महिला नेतृत्वको पहललाई सकारात्मक रूपमा लिँदै आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइने बताएका छन ्।
भक्तपुर जिल्लामा दुई निर्वाचन क्षेत्रहरु रहेका छन्, भक्तपुर क्षेत्र नं १ र २ । त्यसका लागि कुल ७६ वटा मतदानस्थलमा २३३ मतदान केन्द्रहरू निर्धारित गरिएको छ । यसवर्ष पहिलाका वर्षहरुमा भन्दा मतदाता बढेको र यही कारण मतदान केन्द्रहरू थप गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
भक्तपुर क्षेत्र नं १ मा ३७ मतदानस्थलमा ११९ मतदान केन्द्र तथा भक्तपुर २ मा ३९ मतदानस्थल र ११४ मतदान केन्द्रहरु निर्धारित छन् । यस चुनावमा सुरक्षित, संवेदनशील तथा संवेदनशीलभन्दा उच्च जोखिम भएका मतदानस्थलहरूसहित सुरक्षा र व्यवस्थापनमा जोड दिइएको जनाइएको छ । आवश्यकता अनुसार एउटा मतदानस्थलमा आवश्यक मतदान केन्द्रहरु रहने गरेका छन् । एक मतदान केन्द्रमा एक हजार मतदाताको हिसावले मतदान केन्द्रहरुको वन्दोवस्त रहेको जनाइएको छ । 
भक्तपुर जिल्लामा मतदानका लागि प्रायः स्कूल, सार्वजनिक भवन, सरकारी हल आदि स्थानहरू प्रयोग हुने गरेको जिल्ला निर्वाचन कार्यालय सल्लाघारी भक्तपुरका प्रमुख प्रकाश मगरले बताए । यसो हुँदा, केही स्थानमा छत नभएका वा अस्थायी कभर भएको स्थल रहेका छन् ।
 

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुरको बोदे मतदान केन्द्रः जहाँ महिलाले गर्दैछन् निर्वाचनको कमाण्ड
भक्तपुरको बोदे मतदान केन्द्रः जहाँ महिलाले गर्दैछन् निर्वाचनको कमाण्ड

Comments