स्वतन्त्र पत्रकारबाट महत निष्काशित


फाल्गुन १८, २०८२, सोमबार | दिउँसो ०१:५४ बजे | 190


स्वतन्त्र पत्रकारबाट महत निष्काशित

भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरका साधारण सदस्य नवीनकुमार महत निष्काशित भएका छन् । संघको कार्यसमितिको बैठकले महतलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । 
संघको भावना विपरित राजनीतिक दलको चुनावी प्रचारप्रसारमा सार्वजनिक रुपमा भाषण गर्दै हिड्नुभएकोले उनलाई कारबाही गरेको जनाइएको छ । संघका सदस्य कुनै पनि राजनीतिक दलसँंग प्रत्यक्ष आवद्ध नरही वस्नुपर्ने प्राबधानको खिलाफमा गई एकजना उम्मेदबारको पक्षमा खुलेरै सार्वजनिक रुपमै प्रस्तुत भएकोले उनको सदस्यता हाललाई मुक्त गरिएको संघले जनाएको छ । 
स्वतन्त्र रुपमा भक्तपुर क्षेत्र नं २ मा उम्मेदबारी दिएका उनी पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी प्रवेश गरी त्यसका उम्मेदबारको पक्षमा खुलेर प्रचारप्रसारमा लागेका थिए । हाल उनी आफनो उम्मेदबारी निश्क्रिय पारी सो उम्मेदबारको पक्षमा सार्वजनिक रुपमै भाषण गरी अंग्रपंक्तिमा छन् । यसअघि संघको अध्यक्ष रहँंदै पार्टी प्रवेश गरेको भन्दै संघका पूर्व अध्यक्ष डा राजेन्द्र कोजूलाई पनि अध्यक्ष पदबाट हटाई कारबाही गरी निष्काषण गरेको थियो ।
तस्वीरः एमाले उम्मेदबार महेश वस्नेतसँंगै माला लगाएर वस्नेतको पक्षको प्रचारमा लाग्दै गरेका महत । 
 

Comments