भ्रष्टाचारविरोधी अभियन्ताको अपिलः काक्राबारी अवैध प्लटिंगकर्ता चिनौ र तिनीहरुलाई भोट नदिऔ 


फाल्गुन १७, २०८२, आइतबार | राति १०:०८ बजे | 295


भ्रष्टाचारविरोधी अभियन्ताको अपिलः काक्राबारी अवैध प्लटिंगकर्ता चिनौ र तिनीहरुलाई भोट नदिऔ 

भक्तपुर । भ्रष्टाचारविरोधी अभियन्ता प्रेमध्वज लामाले भक्तपुरका सूर्यविनायक नगरपालिका वडा नं ९ काक्राबारीका अवैध प्लटिंग गर्ने पार्टीलाई चिनेर उनीहरुलाई भोट नदिन अपिल गरेका छन् । पुरानो प्रेस विज्ञप्ति सामाजिक सञ्जाल फेसबुकमा पुनः सेयर गरी उनले अवैध प्लटिंग गरी जनताको ज्यानमाथि खेलवाड गर्ने तथा अवैध काम गर्नेहरुलाई भोटमार्फत् जवाफ दिन आग्रह गरेका छन् । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा उनले सार्वजनिक गरेको विज्ञप्तिले जिल्लाको प्राकृतिक र वातावरणीय अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेको थियो ।
१. काँक्राबारी प्लटिङमा गम्भीर अनियमितता
विज्ञप्ति अनुसार सूर्यविनायक नगरपालिका वडा नं. ९, काँक्राबारी क्षेत्रमा ’भुजेकिक हाउजिङ प्रा.लि.’ ले अवैध रूपमा प्लटिङ गरिरहेको छ । यसमा २७ रोपनी सार्वजनिक जग्गा अतिक्रमण गरिएको र ठुलो संख्यामा रुख कटान गरिएको आरोप लगाइएको छ ।
२. राजनीतिक संरक्षणको आरोप
यस अवैध कार्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य डिल्लीध्वज बराइली र उनको टोलीको संलग्नता रहेको दाबी गरिएको छ । साथै, नगरपालिका र ठुला दलहरू (कांग्रेस, एमाले, माओवादी) मौन बसेर यसलाई प्रश्रय दिएको वा ’मिलेमतो’ गरेको आरोप लगाइएको छ।
३. अदालतको फैसला र कार्यान्वयनको अभाव
भक्तपुर जिल्ला अदालतले यस कार्यलाई अवैध ठहर गर्दै सञ्चालकहरूमाथि कारबाहीको फैसला सुनाइसकेको भए तापनि स्थानीय प्रशासन र वडा कार्यालयले यसलाई रोक्न कुनै पहल नगरेको विज्ञप्तिमा उल्लेख छ।
४. वातावरणीय संकट
अव्यवस्थित र अवैध प्लटिङका कारण भक्तपुरका सूर्यविनायक र चाँगुनारायण क्षेत्रमा हरेक वर्ष बाढीपहिरो, डुबान र भू–क्षय बढ्दै गएको र यसले जनधनको ठुलो क्षति पु¥याइरहेको बताइएको छ।
५. मतदाताहरूलाई अपील
अभियन्ता लामाले फागुन २१ गते हुने निर्वाचनमा “गलत मान्छे“ र “भू–माफियालाई संरक्षण गर्ने“ दलहरूलाई भोट नहाल्न आग्रह गरेका छन्। उनले भक्तपुर निर्वाचन क्षेत्र नं २ क्षेत्रका मतदाताहरूलाई विवेक प्रयोग गरी सही नेतृत्व छान्न आह्वान गरेका छन्।
विज्ञप्तिले भक्तपुरको राजनीति र जग्गा कारोबारबीचको साँठगाँठलाई मुख्य मुद्दा बनाएको छ र मतदाताहरूलाई सचेत रहन आग्रह गरेको छ ।

फाेटाेमा हेर्नुहाेस्...

भ्रष्टाचारविरोधी अभियन्ताको अपिलः काक्राबारी अवैध प्लटिंगकर्ता चिनौ र तिनीहरुलाई भोट नदिऔ 
भ्रष्टाचारविरोधी अभियन्ताको अपिलः काक्राबारी अवैध प्लटिंगकर्ता चिनौ र तिनीहरुलाई भोट नदिऔ 
भ्रष्टाचारविरोधी अभियन्ताको अपिलः काक्राबारी अवैध प्लटिंगकर्ता चिनौ र तिनीहरुलाई भोट नदिऔ 

Comments