भक्तपुर आइ कुलमानले भने, रास्वपा पुरानै पार्टी हो, नयाँं हामी मात्रै हौ
फाल्गुन १७, २०८२, आइतबार | राति ०९:०९ बजे | 120
भक्तपुर । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिंग फागुन २१ को निर्वाचनपछि आफूहरु सरकारमा जाने बताएका छन् । पार्टीले आइतबार भक्तपुरमा गरेको कोणसभामा अध्यक्ष घिसिंगले सरकारमा गई जनताको पक्षमा काम गर्ने बताए ।
निर्वाचनबाट पार्टीले जित हासिल गर्ने र त्यसपछि जनताको पक्षमा काम गर्न सरकारमा जाने उनको भनाई हो । उनले उज्यालो नेपालका लागि आफूहरुलाई भोट हाल्न पनि अनुरोध गरे ।
अरु धेरै कुरा सम्झनुपर्दैन, उनले भने, मैले लोडसेडिंग अन्त गरी नेपाललाई उज्यालो गरेको सम्झेर भोट हाल्नुहोला । उनले आफूहरुलाई विजयी बनाए अव देशलाई नै उज्यालो पार्ने दावी गरे ।
आफूहरु गफमा होइन, काममा विश्वास गर्ने र परिणाममा विश्वास गर्ने पनि उनले बताए । उनले त्यसकारण आफना उम्मेदबारहरु नचिने पनि आफूलाई चिनेर भोट दिन आग्रह गरे ।
उनले पुराना दलहरुले पटकपटक जितेर जनतालाई झुकाएको भन्दै फेरि पनि तिनै दलहरुलाई भोट दिएर नझुकिन पनि अनुरोध गरे । उनले नयाँं दल भनेका तीन महिना अगाडि गठन भएको उज्यालो नेपाल पार्टी एउटै मात्रै भएको दावी गरे । राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) पनि पुरानो पार्टी भएको भन्दै नयाँं दल आफूहरुलाई सहयोग गर्न उनले आग्रह गरे ।
कार्यक्रममा पार्टी भक्तपुरका अध्यक्ष देवी घिमिरे, भक्तपुर क्षेत्र नं २ का उम्मेदबार जितराम लामालगायतले बोलेका थिए । कार्यक्रममा नाचगान पनि चलेको थियो ।
फाेटाेमा हेर्नुहाेस्...
