सूर्योदयको ४२ औं वार्षिकोत्सव
फाल्गुन १७, २०८२, आइतबार | दिउँसो १२:२० बजे | 135
पनौती÷ पनौतीकै पहिलो निजीस्तरबाट संचालित सूर्योदय माध्यमिक बोर्डिङ स्कुलले आफ्नो ४२ औं वार्षिकोत्सव एसइइ सम्मान, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेर मनाएको छ । लेखक, प्राध्यापक तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजूको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा २०८१ सालमा एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याउने बिधार्थीहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा.कोजूले सूर्योदय माध्यमिक बोर्डिङ स्कुलले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको र त्यो गुणस्तरका लागि आभिभावकहरूको पनि उल्लेखनीय भूमिका रहेको बिचार व्यक्त गर्नुभयो । उहाँले क्भ्भ् परीक्षामा राम्रो नतिजा ल्याउँदा पनि सूर्योदयले सरलता देखाएको, उत्ताउलोपन नदेखाएको बताउनुभयो । एक अर्को प्रसंगमा बालबालिकाहरुको खानपानमा विशेष ध्यान दिन अभिभावकहरु सजग रहनुपर्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा अर्का विशिष्ट अतिथि लेखक तथा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा सुमनराज ताम्राकारले सूर्योदयले न्यसनतम शुल्कमा गुणात्मक शिक्षा प्रदान गरिरहेको विचार पोख्नुभयो । त्यस्तै हर्का विशेष अतिथि नेपाल बालसाहित्य प्रतिष्ठानका अध्यक्ष तथा बालसाहित्यकार कार्तिकेय घिमिरे सूर्योदयले समय सुहाउँदो, सुसंस्कृत बालशिक्षा प्रदान गरिरहेको उल्लेख गर्दै कुनै पनि कुरामा बजारिया हल्ला र विज्ञापनको प्रभावमा पर्न नहुने विचार व्यक्त गर्नुभयो । बिधालयका प्रिन्सिपल सूर्यप्रसाद लाकोजूले अंग्रेजी माध्यममा पढाइने स्कुल विदेशी संस्कार सिकाउने थलो बन्न नहुने कुरा बताउनुभयो । उहाँले ४ जिपिए ल्याउने पनौतीको पहिलो स्कुल भएको पनि बताउनुभयो । त्यस्तै नगरको शैक्षिक स्तर बिकास गर्न सूर्योदयको भूमिका उल्लेखनीय रहेको विचार राख्नुभएको थियो ।
कार्यक्रममा खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने छात्रछात्राहरूलाई पुरस्कार वितरण गरिएको थियो भने विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा बिद्यार्थीहरू प्रिसा गणेजू श्रेष्ठ, सृष्टिका गौतम, वेलायतका स्वयम सेवक बोरिस लगायतले आ–आफ्ना मन्तव्य ब्यक्त गरेका थिए ।
फाेटाेमा हेर्नुहाेस्...
