हामी मानिस होइन, बस्तु निर्यात गर्न चाहन्छौंः रमेश वैद्य
फाल्गुन १५, २०८२, शुक्रबार | राति ०९:४२ बजे | 260
सूर्यविनायक । नेपाल मजदुर किसान पार्टीकोतर्फबाट भक्तपुर क्षेत्र नं २ का उम्मेदबार रमेश वैद्यले आफूहरु विदेशमा काम गर्न जाने नेपाली कामदार नभई देशमा उत्पादन हुने सामानहरु विदेश निर्यात गर्न चाहेको बताएका छन् । भक्तपुर क्षेत्र नं २ निर्वाचन परिचालन समितिले शुक्रबार सूर्यविनायकमा गरेको जनसभामा उम्मेदबार बैद्यले देशबाट तरकारी तथा सागसव्जी निर्यात गर्न सकिने पनि बताए । कृषिप्रधान देशमा वार्षिक अरवौ कृषि सामान आयात गर्नुपर्नु ठूला दलका ठूला नेताहरुको असक्षमता भएको उनको भनाई छ । आफू कृषक र कृषि विज्ञ भएकाले कृषकका पक्षमा कानुन बनाउन आफनो विजय आवश्यक भएको उनले बताए ।
कार्यक्रमका प्रमुख अतिथि पार्टी केन्द्रिय सदस्य सुनिल प्रजापति थिए । साथै पार्टी निकटको नेपाल क्रान्तिकारी महिला संघकी अध्यक्ष अनुराधा थापामगरले पनि मादल चिन्हमा छाप लगाई कामदार जनतालाई जिताउन अनुरोध गरिन् । कार्यक्रमको सभापतित्व पार्टी सूर्यविनायक नगरका अध्यक्ष सूर्यभक्त त्वातीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमको क्रममा विचविचमा सांँस्कृतिक कार्यक्रम पनि देखाइएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...
