रवि बालेन भोलि भक्तपुर आउनेः क्षेत्र नं २ केन्द्रित भएर चुनाव प्रचार गर्ने (रुटसहित)
फाल्गुन १५, २०८२, शुक्रबार | राति ०८:५५ बजे | 380
भक्तपुर । भोलि फागुन १६ गते शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने र वरिष्ठ नेता बालेन शाह भक्तपुर आउने भएका छन् । चुनावी प्रचार अभियानका क्रममा उनीहरु दुवैजनासँंगै भक्तपुर आउने भएका छन् ।
पार्टीको चुनावी कार्यक्रम अनुसार बिहान ७ः४५ बजेदेखि प्रचार यात्रा सुरु हुनेछ । नेताद्वयले मनोहरा पुलबाट यात्रा प्रारम्भ गर्ने जनाइएको छ । त्यहाँंबाट पेप्सीकोला, सानोठिमी, बहाखा बजार, दुवाकोट चोक, जगाती, सूर्यविनायक, पान्दुबजार, गुन्डु, गाम्चा, दधिकोट, शंखधर चोक, दुईपोखरी थिमि, गठ्ठाघर, कौशालटर हुँदै लोकन्थलीसम्म पुग्ने कार्यक्रम तय गरिएको छ ।
यी सवै क्षेत्रहरु भक्तपुर निर्वाचन क्षेत्र नं २ मा पर्दछन् । विशेष गरेर निर्वाचन क्षेत्र नं २ को प्रचार अभियानलाई तीव्र बनाउन र पार्टीको पक्षमा जनमत सृजना गर्न उनीहरु यहाँं आउने लागेको जनाइएको छ । भक्तपुर क्षेत्र नं २ मा भक्तपुरको मध्यपुर थिमि नगरपालिका र सूर्यविनायक नगरपालिका पर्दछन् ।
रुट अनुसारको प्रस्थानविन्दु मनोहरा पुल पेप्सीकोला मध्यपुर थिमिको भक्तपुर क्षेत्र नं २ मा पर्दछ ।, साथै सानोठिमी, बहाखा बजार, दुवाकोट चोक, जगाती, सूर्यविनायक, पान्दुबजार, गुन्डु, गाम्चा, दधिकोट, शंखधर चोक, दुईपोखरी थिमि, गठ्ठाघर, कौशालटर, लोकन्थली पनि भक्तपुर २ मै पर्दछ । यीमध्ये गुण्डू नेकपा एमालेका सचिव एवं सो पार्टीबाट भक्तपुर क्षेत्र नं २ का उम्मेदबार महेश वस्नेतको एरिया हो ।
रास्वपाले भक्तपुर २ लाई पनि विजयी हुने स्थानको रुपमा राखेको छ । यस क्षेत्रमा सो पार्टीबाट राजीव खत्री उम्मेदबार छन् ।
यस क्रममा उनीहरूले विभिन्न स्थानमा स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने, जनगुनासा सुन्ने र पार्टीका नीति तथा चुनावी प्रतिबद्धताबारे जानकारी गराउने बताइएको छ । चुनाव नजिकिँदै जाँदा भक्तपुर क्षेत्रमा रास्वपाले प्रचार अभियानलाई तीव्र बनाएको छ ।
फाेटाेमा हेर्नुहाेस्...
