महेश वस्नेत र नेपाल एकता पार्टीका उम्मेदबारवीच भेटघाटः वस्नेतलाई समर्थनका विषयमा छलफल


फाल्गुन १५, २०८२, शुक्रबार | राति ०७:५३ बजे | 1485


महेश वस्नेत र नेपाल एकता पार्टीका उम्मेदबारवीच भेटघाटः वस्नेतलाई समर्थनका विषयमा छलफल

भक्तपुर क्षेत्र नम्बर दुईको राजनीतिक माहोल अहिले निकै चासोको केन्द्र बनेको छ।  नेपाल एकता पार्टीको सस्थापक प्रबक्ता समेत रहिकाम गरेका स्वतन्त्र उम्मेदवार नवीनकुमार महत  महेश बस्नेत बीच बिहीवार  भएको करिब आधा घण्टाको टेबल वार्ताले स्थानीय राजनीतिमा नयाँ तरंग ल्याएको छ। त्यसैगरी आज शुक्रवार मन्त्री  किरण थापा सँगको दोस्रो चरणको वार्ताले सम्भावित राजनीतिक समीकरणबारे थप जिज्ञासा बढाएको छ।

राजनीतिक विश्लेषकहरूको दृष्टिमा, यो वार्ता केवल व्यक्तिगत सहमति नभई रणनीतिक समझदारीको संकेत हुन सक्छ। नवीनकुमार महतले बारम्बार व्यक्तिगत स्वार्थभन्दा राजनीतिक एजेन्डा महत्वपूर्णरहेको धारणा सार्वजनिक रूपमा राख्दै आएका छन्। देश विकासका लागि सामरिक एकता आवश्यक रहेको उनको अभिव्यक्ति अहिलेको वार्तासँग मेल खान्छ।

यदि उहाँको समर्थन Communist Party of Nepal (Unified Marxist–Leninist) (एमाले) तर्फ जान्छ भने, भक्तपुर२ मा चुनावी समीकरण निर्णायक मोडमा पुग्न सक्छ। विशेषगरी पूर्वसैनिक पृष्ठभूमि भएका तथा अनुशासित, इमान्दार छवि बनाएका युवा नेताका रूपमा उहाँले निर्माण गरेको आधारले एमालेको मत आधार थप सुदृढ हुन सक्ने आँकलन गरिएको छ।

सैनिक तथा पूर्वसैनिक परिवारहरूको समर्थन, बौद्धिक क्षमताको छवि, र स्वतन्त्र उम्मेदवारको प्रभावयी तीनै तत्व एकताबद्ध भएमा स्थानीय राजनीतिमा प्रभावशाली परिणाम आउन सक्ने विश्लेषण भइरहेको छ। क्यामेराचुनाव चिन्ह र एमालेबीच सहकार्य भएमा जीततर्फ उन्मुख हुने सम्भावना बलियो बन्ने चर्चा चलिरहेको छ।

आजै सम्भावित पत्रकार सम्मेलनबाट थप औपचारिक धारणा सार्वजनिक हुन सक्ने अपेक्षा गरिएको छ। हिजोको महेश बस्नेतसँगको वार्ता र आजको किरण थापा तथा जिल्ला सभापतिसँगको छलफलपछि भक्तपुर क्षेत्र नम्बर दुईको अन्तिम समीकरण स्पष्ट हुने संकेत देखिएको छ।

समग्रमा, यो घटनाक्रम केवल समर्थन वा पल्लावारीको प्रश्न नभईभक्तपुर२ को भविष्यको राजनीतिक दिशा तय गर्ने मोडका रूपमा हेरिएको छ।

फाेटाेमा हेर्नुहाेस्...

महेश वस्नेत र नेपाल एकता पार्टीका उम्मेदबारवीच भेटघाटः वस्नेतलाई समर्थनका विषयमा छलफल

Comments