दतात्रय जनसभामा जे देखियो....
फाल्गुन १४, २०८२, बिहीबार | राति १०:०४ बजे | 350
भक्तपुर । नेपाल मजदुर किसान पार्टी निर्वाचन परिचालन समिति भक्तपुर क्षेत्र नं १ को आयोजनामा बिहीबार साँंझ भक्तपुरको दतात्रयमा जनसभा सम्पन्न भएको छ । जनसभाका प्रमुख अतिथि पार्टीका केन्द्रिय अध्यक्ष नारायणमान विजुक्छें रहेका थिए ।
विजुक्छें प्रमुअ अतिथि रहे पनि उनी पहिला नै बोलेर स्वास्थ्यका कारण भन्दै कार्यक्रम नसकिंदै गएका थिए । उनी गएपछि अतिथि पार्टी सचिव एवं भक्तपुर क्षेत्र नं १ का उम्मेदबार प्रेम सुवालले बोलेका थिए । सुवालले मादलबाहेक अरुलाई भोट राख्नु भनेको भ्रष्मासुरलाई वरदान दिनु जस्तै हुने बताए ।
फरक प्रसंगमा उनले अरु पार्टीबाट जितेर गएका सांसदहरु संसदमा पुगेपछि भता पचाउने काममा मात्रै लाग्ने गरेको अनुभब सुनाए । उनीहरु संसदमा हाजिर गरेर एनजीओ आइएनजीओ, व्यापारी आदि इत्यादिको कार्यक्रममा पुग्ने उनले बताए । यसले कानुन बनाउने काममा बाधा पुग्ने उनको भनाई थियो । जहिल्यै कोरम नै पुग्दैन अनि, उनले भने, अरु सांसदहरु कानुन बनाउन भन्दा पनि संसदमा आयो, हाजिर गरयो अनि अरु कामहरुतिर गयोमा सिमित हुन्छन् ।
कार्यक्रममा पार्टी भक्तपुर जिल्ला अध्यक्ष सुरेन्द्रराज गोसाई, बागमती प्रदेशका सांसद् सृजना सैंजू, विद्यार्थी नेता सुजी ह्यौंगजूलगातले पनि बोलेका थिए । कार्यक्रमको विचविचमा विभिन्न सांस्कृतिक कार्यक्रम पनि भएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...
