तेजस्वी तारा, ओजस्वी रुपा     


फाल्गुन १४, २०८२, बिहीबार | राति ०९:४५ बजे | 1145


तेजस्वी तारा, ओजस्वी रुपा     

काठमाडौँ, फागुन 14 गते । काठमाडौँ क्षेत्र नम्बर १० का मतदाताहरुले पहिलो पटक महिला प्रतिष्पर्धी उम्मेदवारको रुपमा रुपा महर्जन श्रेष्ठलाई पाउनुभएको छ । कुल ८३ हजार ३०१ मत रहेको यस क्षेत्रमा ४२ हजार ७१६ महिला र ४० हजार ५८३ पुरुष मतदाता र अन्य दुईजना रहेका छन् । 
    कीर्तिपुर, चन्द्रागिरि, र दक्षिणकाली नगरपालिका रहेको यस क्षेत्रमा अन्य पुरुष उम्मदेवारहरुलाई टक्कर दिने उहाँ एकमात्र प्रभावशाली उम्मेदवार उहाँ हुनुहुन्छ । चन्द्रागिरि नगरका २, ३, ४, ५, ६, ७, ८, ९, १० र ११ नम्बरका वडाहरु यस क्षेत्रमा पर्दछन् ।
संविधान निर्माणमा योगदान
    करिब दुईदशकदेखि वामपन्थी आन्दोलनमा रहेर संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिकता, समावेशीता, समाजवादसहित महिलाको हकहितको लागि संविधानसभामा उहाँले उठाउनुभएको आवाज जनतामा गुञ्जिरहेको छ । सो बेला उहाँ समानुपातिक उम्मेदवारको रुपमा दोश्रो संविधानसभाका सदस्य हुनुहुन्थ्यो । 
एकल महिला
    सैद्धान्तिकतालाई व्यवहारिक रुपमा अनुभवले खारिएका उहाँ जेनजी पुस्ताका सक्षम र दूरदस्ता व्यक्तित्व हुनुहुन्छ । उहाँको जीवनसाथी सुचिन्द्र श्रेष्ठ आन्दोलनको दौरान राज्यपक्षबाट बेपत्ता पारिए पनि उहाँ अविचलित आशावादी बन्दै आशाको दियो बाल्ने काम गरिरहनुभयो । आन्दोलनकै दौरानमा एकल महिला भए पनि लामो समय पत्रकारितामा क्रियाशिल रहँदै आवाजविहीनको आवाज बन्नुभएको छ । 
सशक्त नेतृ
    प्रतिनिधिसभाको निर्वाचनबाट यस क्षेत्रबाट यसअघि सम्म महिला उम्मेदवारहरुलाई मुख्य राजनीतिक पार्टीहरुले प्रतिष्पर्धामा उत्रारेका छ्रैनन् । आधा आकाश ओगटेका महिला, नेपालमा कुल जनसंख्याको ५१ प्रतिशतभन्दा बढी रहेका छन् । नेपालको संविधानले अहिलेसम्म ३३ प्रतिशतसम्म आरक्षणको व्यवस्था गरेको अवस्था छ । 
    प्रत्यक्ष रुपमा देशको मुल कानुन बनाउने स्थानमा अझैँ पनि महिलालाई प्रत्यक्ष निर्वाचितभन्दा पनि समानुपातिक प्रतिनिधित्वबाट आरंक्षण दिने गरेकाले प्रत्यक्ष रुपमा निर्वाचित गर्ने सुनौलो अवसर मतदातासँग सुरक्षित छ ।
पूर्वमेयरको प्रत्यक्ष समर्थन
    कीर्तिपुर नगरपालिकामा वि.सं २०७४ सालमा निर्वाचित पूर्वमेयर रमेशकुमार महर्जन र वडा नम्बर ६ का पूर्व वडाध्यक्ष न्हुँछेबहादुर महर्जन सहयात्रीको रुपमा उभिनुभएको छ । महजर्नले ७,३६० मतसहित मेयर पद जित्नुभएको हो । यस्तै, उहाँलाई पूर्वउपमेयर सरस्वती रिजाल खड्काको समर्थन छ । 
    त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा हीराबहादुर महर्जनको पनि रुपा महर्जन श्रेष्ठलाई आशिर्वाद रहेको बताइएको छ । प्राडा महर्जन नेपालकै प्रभावशाली थिंक ट्यांक हुनुहुन्छ ।
नयाँ शक्ति र ताराको आडभरोसा
    यही क्रममा वि.सं २०५६ को प्रतिनिधिसभामा काठमाडौं १० बाट नेकपा (माले)बाट तारा चिन्हमा उम्मेदबार बन्नुभएका रत्न महर्जनको आशिर्वाद छ । उहाँले त्यसबेला ५,५०० भोट पाउनुभएको थियो ।
    यस्तै, वि.सं २०७४ मा भएको प्रतिनिधिसभामा नयाँ शक्ति पार्टीबाट उम्मेदवार बन्नुभएको पञ्चलाल महर्जनको पनि साथ छ । सो बेला पञ्चलालले १,१९५ भोट पाउनुभएको थियो । नेकपा (एमाले)सँग चुनावी गठबन्धन रहेर हितमान शाक्यले २१,९०७ भोटसहित दोश्रो हुनुभएको थियो ।
काठमाडौं १० (ख) जनप्रतिनिधिको साथ    
    पार्टी एकता भएसँगै काठमाडौं १० (ख)लगायत स्थानीय निकायको फाइदा नेपाली कम्युनिष्ट पार्टीलाई पुगेको छ । १० (ख)का प्रदेशसभा सदस्य रमा आलेमगरले दुई पटकसम्म निर्वाचित हुनुहुन्छ । उहाँ एक अनुभवि वामपन्थी नेतृत्व हुनुहुन्छ । तीनवटै नगरपालिकामा यस पार्टीबाट जनप्रतिनिधिहरु निर्वाचित हुनुहुन्छ ।
उपनिर्वाचनमा दोश्रो
    करिब ३ वर्षअघि पाँचौँ शक्तिको रुपमा खुम्चिन पुगेको यस पार्टी एकवर्ष अघि सम्पन्न कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनमा केही अन्तरले मात्र हार व्यहोरेको थियो । पार्टी एकता भएसँगै अहिले कीर्तिपुर नगरपालिकाका उपमेयर सुनिता शाक्य नेपाली कम्युनिष्ट पार्टी निकट मानिनुहुन्छ ।
२६ वटा घटकको साथ 
    सच्चा कम्युनिष्ट केन्द्रको रुपमा उदाएको नेपाली कम्युनिष्ट पार्टीमा ठूला साना गरी २६ वटा राजनीतिक दलहरुको एकताबद्ध शक्ति रहेको छ । विगतमा टुक्रिएका माओवादी समूहहरु मात्र होइन अरु वामपन्थीहरुको पनि समर्थनले उहाँको उपस्थिति हेभिवेटको रुमा रहेको छ ।
तीनवटै नगरमा परिचित
    तर यो पटक देशका विभिन्न स्थानमा जस्तै कीर्तिपुर, चन्द्रागिरि, र दक्षिणकाली नगरपालिका रहेको यस क्षेत्रबाट पुरुष उम्मदेवारहरुलाई टक्कर दिने एकमात्र प्रभावशाली उम्मेदवार उहाँ हुनुहुन्छ । चन्द्रागिरिको २, ३, ४, ५, ६, ७, ८, ९, १० र ११ वटा यस क्षेत्रमा पर्दछ । उहाँलाई आधा धर्तिको प्रतिनिधित्व गरेकाले मात्र होइन माइती कीर्तिपुर, पाँगा र श्रीमान्को घर सतुंगल रहेकाले पनि नातागोता, चिनजानका कारणले पनि विगत भन्दा धेरै सम्भावना रहेको बताइन्छ । 
    उहाँलाई महर्जन र श्रेष्ठहरुको बाहुल्य क्षेत्र भएर पनि भोट पाउने आधार छ । उहाँले फर्पिगं क्षेत्रमा विकास निर्माण गर्नुको साथै भाषा प्रशिक्षण दिएर योगदान गर्नुभएको थियो ।
कीर्ति राख्ने प्रतिबद्धता
    उहाँले सार्वजनिक गर्नुभएको प्रतिबद्धतामा आईटी हबको रुपमा विकास गर्दै रोजगारीको सिर्जना गर्ने योजना रहेको छ । 
    यस्तै, देशकै जेठो र शैक्षिक उन्नयनमा त्रिभुवन विश्वविद्यालय रहेको यस क्षेत्रका सामुदायिक विद्यालय तथा कलेजहरूको स्तरोन्नति गर्ने, तीनवटै नगरपालिकालाई हात्तीवन–चम्पादेवी–चन्द्रागिरि पैदलमार्गलाई विकास गर्ने र चन्द्रागिरि–कीर्तिपुर–दक्षिणकालीलाई एकत्रित गर्दै थानकोट र दक्षिणकालीमा सार्वजनिक यातायात सञ्चालन गर्ने र कीर्तिपुर–मकवानपुर जोड्ने छोटो सडक विस्तार गर्ने विचार रहेको छ ।
    उहाँले चम्पादेवीस्थित जातीय संग्रहालयलाई मूर्त रुप दिने, खेलकुद प्रशिक्षणको हबको रूपमा विकास गर्ने, जनआन्दोलन, जनयुद्ध र जेन्जी आन्दोलनको अध्ययन, अनुसन्धान र स्मृति स्थलका रूपमा वाडभञ्ज्याँगमा रहेको मसिने शान्तिपार्कलाई विकास गर्ने र विभिन्न पार्क तथा खेलमैदानको स्तरोन्नति गर्ने घोषणा गर्नुभएको छ ।
    यस क्षेत्रको आर्थिक, सामाजिक, साँस्कृतिक क्रियाकलापको समन्वय गर्ने, नमुना क्षेत्रका रूपमा विकास गर्न केन्द्रीय बजेट सुनिश्चित गर्ने र नेपालकै राम्रो मुल भएको जलाधार क्षेत्रको संरक्षण गर्दै खानेपानीको उचित व्यवस्थापन गर्ने उहाँको विकास योजना छ ।    
    परापूर्वकालदेखिको वस्तीमा बसोबास गर्नेहरुको स्थायी लालपूर्जा नभएकाले सोको व्यवस्था गर्ने पनि उहाँले उद्घोष गर्नुभएको छ ।
अन्य उम्मेदवार
    अन्य दलबाट उम्मेदवारी दिनुभएका व्यक्तित्वहरु रुपा महर्जन श्रेष्ठले संविधानसभामा योगदान दिन पाउनुभएको छैन । नेपाली काँग्रेसका हिमाल कार्की र नेकपा (एमाले)का विनोद श्रेष्ठले पहिलो पटक र रास्वपाका प्रदिप विष्ट दोश्रो पटक चुनावी मैदानमा हुनुहुन्छ ।
 

फाेटाेमा हेर्नुहाेस्...

तेजस्वी तारा, ओजस्वी रुपा     

Comments