न्यातपोल सम्पदा यात्रा हुने
फाल्गुन १४, २०८२, बिहीबार | साँझ ०४:२७ बजे | 200
भक्तपुर । ३२२ वर्षअघि बनेको ऐतिहासिक पाँचतले न्यातपोल मन्दिर केवल अद्वितीय वास्तुकला मात्र होइन, दूरदर्शी योजना, अनुशासन र सामूहिक श्रमको अनुपम उदाहरण हो । ६ महिनामै सम्पन्न भएको यसको निर्माणको रहस्यमय राज, ऐतिहासिक तथ्य र प्रेरणादायी सन्देशलाई नजिकबाट बुझ्ने अवसरका लागि वि.सं. २०८२ चैत्र ७ गते, शनिबार आयोजना हुन लागेको “न्यातपोल सम्पदा यात्रा” मा हार्दिक सहभागी हुनुहोस् ।
यो विशेष सम्पदा यात्रा जोशी समाज येँ पुचको आयोजनामा हुन लागेको हो, जसको उद्देश्य हाम्रो सम्पदा, इतिहास र सांस्कृतिक गौरवलाई अध्ययन गर्दै नयाँ पुस्तामा जागरण र प्रेरणा फैलाउनु हो।
न्यातपोल निर्माणसँग सम्बन्धित रहस्य र व्यवस्थापनको सिद्धान्तलाई जीवनमा लागू गर्न सके, हरेक काममा सफलता प्राप्त गर्न सकिन्छ भन्ने प्रेरणा यस यात्राबाट प्राप्त हुनेछ।
जीवनमा लक्ष्य, अनुशासन, नेतृत्व र सफलताको मार्ग सिक्न चाहने सबैका लागि यो यात्रा अत्यन्तै उपयोगी र प्रेरणादायी हुनेछ।
सीमित स्थान रहेकोले आजै आफ्नो नाम दर्ता गर्नुहोस् र इतिहास, संस्कृति र प्रेरणाले भरिएको यस विशेष सम्पदा यात्राको हिस्सा बन्नुहोस्।
