पुरानो जगातीमा चुनावी सभा
फाल्गुन १२, २०८२, मङ्गलबार | राति ०९:३७ बजे | 195
भक्तपुर । नेपाल मजदुर किसान पार्टी निकटको नेपाल क्रान्तिकारी महिला संघ पुरानो जगाती एकाई समितिको आयोजनामा मंगलबार पुरानो जगातीस्थित गणेश मन्दिर मन्दिर परिसरमा जनसभा भएको छ । सभामा पार्टी भक्तपुर नगरपालिका वडा नं ८ का अध्यक्ष लक्ष्मीनारायण दुवाल, नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर नगरका अध्यक्ष गंगाराम ज्याख्व, नेपाल क्रान्तिकारी महिला संघ भक्तपुर नगरकी अध्यक्ष रामेश्वरी कोजूलगायतले बोल्नुभएको थियो ।
कार्यक्रम आयोजक एकाई समितिका अध्यक्ष पुन्यश्वरी ग्वाछाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा आयोजक समितिकी सदस्य गीता सुवालले स्वागत गर्नुभएको थियो । कार्यक्रम सञ्चालन मेन्सन लाखेमरुले गर्नुभएको थियो । कार्यक्रमको क्रममा भजन गाई प्रदर्शन पनि गरिएको थियो ।
