भक्तपुरको प्रत्यारोपण केन्द्रमा मुटुको ओपन शल्यक्रिय शुरु


फाल्गुन १२, २०७७, बुधबार | विहान ११:३१ बजे | 20


भक्तपुर । भक्तपुरको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (पहिलेको मानव अंग प्रत्यारोपण केन्द्र) बुधबारदेखि मुटूको ओपन शल्यक्रिया शुरु गरेको छ। कोभिडको कारण बन्द भइरहेको शल्यक्रिय पुनः शुरु गरेको हो।
प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्रा डा प्रेमराज ज्ञवालीले कोभिड – १९ को कारणले संसारभरि नै स्थगित भएको मृगौला प्रत्यारोपणको शल्यक्रिया पनि गत तिहार अगाडिदेखि नै शुरु भएको जानकारी गराए।  हालसम्म १२ जना बिरामीहरुमा मृगौला प्रत्यारोपण गरिसकेका छौ, उनले भने। साथै केन्द्रमा पछिल्लो ३ महिनादेखि मुटूको इन्टरभेन्सनल शल्यक्रिया (जस्तै मुटूको एन्जियोग्राम, स्टेण्टिङ्ग जस्ता शल्यक्रियाहरु) पनि लगातार भैरहेको ज्ञवाली सुनाउँछन्।
भक्तपुर जिल्लामै एक मात्र मुटू रोगको सेवा उपलब्ध गराउन शुरु गरेको यस केन्द्रमा बुधबार गरिएको मुटूको ओपन शल्यक्रियामा केन्द्रका कार्डियो–थोरासिक तथा भास्कुलर विभागका शल्य चिकित्सकहरु डा सम्पुर्णमान तुलाधर, डा संजित शाह, डा रीचा जोशीको नेतृत्वमा भएको थियो। प्रा डा ज्योतिन्द्र शर्मा, डा मुरारी उप्रेती र पर्फ्युजनिस्ट महेन्द्र भट्टको टीमको सहयोगमा उक्त अपरेसन गरिएको उनले जनाकारी दिए। एनेस्थेसिया विभागका चिकित्सक डा आरती राई, डा निभा, डा सोभित र डा सुशील तामांग तथा अपरेसन थियटरका नर्सहरु कामना र ज्योतिको प्रत्यक्ष संलग्नता रहेका थिए।

Comments