काठमाडौं ९ मा ताराका महर्जनको प्रचारप्रसार तीव्र


फाल्गुन १२, २०८२, मङ्गलबार | राति ०८:५४ बजे | 40


काठमाडौं ९ मा ताराका महर्जनको प्रचारप्रसार तीव्र

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार राधाकृष्ण महर्जनले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नं. ९ मा आफ्नो चुनावी अभियान तीव्र बनाएका छन् । घरदैलो कार्यक्रम, टोलसभा तथा मतदाता भेटघाटलाई प्राथमिकतामा राख्दै महर्जनले क्षेत्रको समग्र विकासलाई मुख्य एजेण्डा बनाएका छन् ।
महर्जनले शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना र पूर्वाधार विकासलाई आफ्नो प्राथमिकता रहेको बताएका छन्। उनले काठमाडौं–९ भित्रका सडक स्तरोन्नति, खानेपानी व्यवस्थापन, ढल निकास सुधार तथा युवालाई स्वरोजगारमुखी तालिम कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
“राजनीति सेवा र उत्तरदायित्वको माध्यम हो,” महर्जनले मंगलबार पत्रकारहरुसँंग भने, “जनताको आधारभूत आवश्यकता पूरा गर्न पारदर्शी र जनमुखी नेतृत्व आवश्यक छ।”
उनले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धन तथा स्थानीय तहसँग समन्वय गर्दै योजनाबद्ध विकास अघि बढाउने अठोट व्यक्त गरेका छन्। विगतदेखि नै सामाजिक गतिविधिमा सक्रिय महर्जनलाई क्षेत्रका युवावर्ग र स्थानीय बासिन्दाबाट सकारात्मक समर्थन मिलिरहेको दाबी गरिएको छ।
काठमाडौं–९ मा यसपटक विभिन्न दलका उम्मेदवारबीच प्रतिस्पर्धा चर्किएको छ। मतदाताहरू भने विकास, स्थायित्व र जनउत्तरदायी नेतृत्वको अपेक्षामा रहेका छन्। निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू आफ्नो एजेण्डा र कार्यक्रम लिएर मतदाताको घरदैलोमा पुगिरहेका छन्।

फाेटाेमा हेर्नुहाेस्...

काठमाडौं ९ मा ताराका महर्जनको प्रचारप्रसार तीव्र

Comments