भ्रष्टाचारविरोधी जेन्जीको भोट नेमकिपालाईः सुवाल


फाल्गुन ११, २०८२, सोमबार | राति ०९:४४ बजे | 110


भ्रष्टाचारविरोधी जेन्जीको भोट नेमकिपालाईः सुवाल

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव एवं सो पार्टीकोतर्फबाट भक्तपुर क्षेत्र नं १ का उम्मेदबार प्रेम सुवालले भ्रष्टाचारविरोधी सम्पूर्ण जेन्जीहरुको मत आफूहरुलाई आउने दावी गरेका छन् । जेन्जीहरुले भदौ २३ र २४ गते उठाएको भ्रष्टाचार विरोधी र शुशासन कायम गर्ने माग पार्टीले स्थापनाकालदेखि नै राख्दै आएकोले उनीहरुको मत आफूहरुलाई आउनुपर्ने उनले बताए । 
स्वतन्त्र पत्रकार संघ भक्तपुरले सोमबार उनीसँंग गरेको साक्षात्कारमा सुवालले यही कारण यस पटक पनि पार्टीलै ठूला भ्रष्टाचारीहरुलाई मृत्युदण्डसम्मको सजायँं दिनुपर्ने माग घोषणापत्रमा राखेको स्मरण गरे । आफूहरुको यो माग अहिलेको घोषणापत्रमा मात्रै नभई निरन्तर रहँंदै आएको उनको भनाई छ । २०४६ साल अघिसम्मको यो व्यवस्था त्यसपछि हटाएको भन्दै उनले यो व्यवस्थालाई संविधान संशोधन गरी थप्नुपर्ने जिकिर गरे । साथै उनले भ्रष्टाचारीहरुको सम्पती राष्टियकरण गर्नुपर्ने माग पनि पार्टीको रहेको बताए । यही माग यो पटकको घोषणापत्रमा पनि उल्लेख भएको उनले बताए । 
स्वतन्त्र पत्रकार संघ भक्तपुरले भक्तपुरका उम्मेदबारहरुसँंग निरन्तर साक्षात्कार गर्दै आएको छ । यो क्रममा मंगलबार भक्तपुर क्षेत्र नं २ का स्वतन्त्र उम्मेदबार नवीनकुमार महतसँंग साक्षात्कार गर्ने कार्यतालिका रहेको जनाइएको छ । 
हालसम्म संघले नेपाली कांग्रेसकातर्फबाट भक्तपुर क्षेत्र नं १ का उम्मेदबार किरण न्यौपाने, सोही क्षेत्रमा राष्टिय स्वतन्त्र पार्टीका उम्मेदबार रुकेश रञ्जित, राष्टिय प्रजातन्त्र पार्टीका उम्मेदबार भरतबहादुर खड्कालगायतसँंग साक्षात्कार गरिसकेको छ । भक्तपुर क्षेत्र नं १ मा विभिन्न राजनीतिक र स्वतन्त्र गरी २५ जना र क्षेत्र नं २ मा ३२ जना गरी कुल ५७ जनाको उम्मेदबारी छ ।  
 

फाेटाेमा हेर्नुहाेस्...

भ्रष्टाचारविरोधी जेन्जीको भोट नेमकिपालाईः सुवाल

Comments