भक्तपुर क्षेत्र नं १ का कांग्रेसी उम्मेदबार किरण न्यौपानेलाई भोट किन ?


फाल्गुन ६, २०८२, बुधबार | राति ०८:२४ बजे | 155


भक्तपुर क्षेत्र नं १ का कांग्रेसी उम्मेदबार किरण न्यौपानेलाई भोट किन ?

यसो भने भक्तपुर क्षेत्र नं १ का कांग्रेसी उम्मेदबार किरण न्यौपानेले 
भक्तपुर । नेपाली कांग्रेसकोतर्फबाट भक्तपुर क्षेत्र नं १ का उम्मेदबार किरण न्यौपानले आफू टेष्ट हुन बाँंकी भएकाले आफूलाई मत दिन अनुरोध गरेका छन् । अरु सवै उम्मेबारहरु टेष्टेट भइसकेको र आफू अहिलेसम्म कुनै जिम्मेबार पदमा बसेर काम गर्न नपाएकाले आफूलाई मत दिन उनले अनुरोध गरे । 
स्वतन्त्र पत्रकार संघ भक्तपुरले बुधबार गरेको साक्षात्कारमा उनले भक्तपुरको विकासलाई केन्द्रीय सरकारसँग जोड्न प्रतिनिधी सभाको निार्वचनमा आफ्नो उम्मेदवारी भएको जनाए । राजधानीसँगै जोडिएको भक्तपुर जिल्लाको विकास निर्माणमा केन्द्रीय सरकारसँग जोड्न नसकेको तथा जितेर गएकाहरुले प्रतिपक्षको भूमिका मात्रै खेल्दा यस क्षेत्रले विकास नपाएको टिप्पणी उनले गरेका हुन् । 
न्यौपानेले पार्टीको घोषणापत्र अनुसार काम गर्ने भन्दै प्रतिवद्धता जनाए । मतदाताहरुको बीचमा कांग्रेसले हिजो के गर्यो गरेन भन्दा पनि आजको जनभावना एवं जेन्जीको मागलाई समेत आत्मसाथ गरेर आफूले देश निर्माणका लागि मात्र नभई आफ्नो क्षेत्र निमार्णका लागि समेत महत्वपूर्ण भूमिका खेल्न आफू चुनावी मैदानमा रहेको उनले जनाएका छन् । निर्वाचनमा कसले कति मत पाउँछ भन्ने सवाललाई भन्दा आफ्नो पार्टीको घोषणापत्रलाई कार्यान्वयन गर्न गराउन निरन्तर प्रयास गर्ने अवधारणा अनुसार आफू मतदाताहरु समक्ष पुगेको उनको जिकिर थियो ।
लामो इतिहास बोकेको आफ्नो पार्टीको कुनै पनि पदमा नबसेर पनि सो पार्टीको अवधारणा अनुसार काम गर्न पाटीको विशेष महाधिवेशनपछि गगन थापा नेतृत्वमा आफू प्रतिबद्ध भएर लागेको उनको जिकिर थियो । अधिवक्ता समेत रहेका न्यौपाने नेपाल बार एशोसियशनको केन्द्रीय सदस्य समेत रहेको भन्दै देशको नीति निमार्णमा आफ्नो महत्वपूर्ण भूमिका रहने जनाएको छ ।
कांग्रेसका न्यौपानेसहित भक्तपुर क्षेत्र न १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, नेकपा एमालेका सोम मिश्र, नेपाली कम्युनिष्ट पार्टीका हरिराम लवजू, राष्टिय स्वतन्त्र पार्टीका रुकेश रञ्जित, राष्टिय प्रजातन्त्र पार्टी, उज्यालो नेपाल पार्टी, नेकपा संयुक्तलगायतका उम्मेदबारहरु चुनावी मैदानमा छन् । 
फागुण २१ को प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि चुनावी मैदानमा होमिएका उम्मेदवारहरुका एजेण्डा र प्रतिबधताहरु पत्रकारहरु मार्फत् जनताको विचमा पुयाउन स्वतन्त्र पत्रकार संघ भक्तपुरले पत्रकार साक्षात्कार कार्यक्रम आयोजना गर्दै आएको छ ।
यसै क्रममा भोलि विहीबार भक्तपुर निर्वाचन क्षेत्र २ मा नेपाल मजदुर किसान पार्टीका तर्फबाट उम्मेदबार बनेका रमेश बैद्यसँग साक्षात्कार गर्ने कार्यक्रम तर्जुमा गरेको छ ।

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुर क्षेत्र नं १ का कांग्रेसी उम्मेदबार किरण न्यौपानेलाई भोट किन ?

Comments