यसो दावी गर्छ उज्यालो नेपाल पार्टी भक्तपुर
फाल्गुन ५, २०८२, मङ्गलबार | राति ०७:०० बजे | 420
भक्तपुर । उज्यालो नेपाल पार्टी भक्तपुरले भक्तपुरका दुई वटा क्षेत्रमध्ये भक्तपुर क्षेत्र नं २ मा आफूहरु बलियो भएको बताएको छ । स्वतन्त्र पत्रकार संघ भक्तपुरले मंगलबार पार्टीकोतर्फबाट भक्तपुर क्षेत्र नं १ र २ का उम्मेदबारहरुसँंग गरेको संयुक्त साक्षात्कार कार्यक्रममा पार्टीका उम्मेदबारहरुले यस्तो जनाएका हुन् ।
साक्षात्कारमा सो पार्टीकोतर्फबाट भक्तपुर क्षेत्र नं २ का उम्मेदबार जीतराम लामाले भक्तपुर क्षेत्र नं २ मा आफूले जित निकाल्ने दावी गरे । भक्तपुरका दुई वटा क्षेत्रमध्ये भक्तपुर क्षेत्र नं २ मा हाम्रो उपस्थितिले ठूला दलहरु डराएका छन्, उनको दावी छ । ठूला दलहरु मिडियामा चर्चामा सिमित हुने तर जित भने आफूले निकाल्ने दावी उनले गरे ।
भक्तपुरका दुई वटा क्षेत्रमध्ये भक्तपुर क्षेत्र नं २ निक्कै प्रतिस्पर्धाको क्षेत्र हो । यहाँं एक हजार भन्दा कम मतले हारजित हुने आँंकलन गरिएको छ ।
भक्तपुर क्षेत्र नं २ मा यसअघिको २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका सभापति दुर्लभ थापा झण्डै २४ हजार मतले विजयी हासिल गरेका थिए । उनका निकटत प्रतिस्पर्धी एमालेका महेश वस्नेतले २३ हजार हाराहारीमा मत पाएका थिए । तेश्रो स्थानमा रहेको नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापामगले सात हजार चानचुन मत पाएकी थिइन् । त्यो बेला यस क्षेत्रमा राष्टिय स्वतन्त्र पार्टीका साजन विक चौथौ र राष्टिय प्रजातन्त्र पार्टी पाँंचौ स्थानमा रहेका थियो । यसकारण यो पटक यी पाँंच दलहरुमध्येमा पनि राष्टिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी, श्रम सस्कृति पार्टीलगायतका केही स्वतन्त्र उम्मेदबार अगाडि वढेका छन् ।
भक्तपुर क्षेत्र नं २ मा यो पटक नेपाल मजदुर किसान पार्टीबाट रमेश वैद्य, नेपाली कांग्रेसबाट कविर राणा, नेकपा एमालेबाट महेश वस्नेत, नेपाली कम्युनिष्ट पार्टीबाट रामप्रसाद सापकोटा दीपशिखा, राष्टिय प्रजातन्त्र पार्टीबाट विक्रम थापालगायतका पुराना दलहरुबाट प्रतिस्पर्धामा छन् । यी पुराना दलहरुलाई यहाँं राष्टिय स्वतन्त्र पार्टीका राजीव खत्री, उज्यालो नेपाल पार्टीबाट जीतराम लामा, स्वतन्त्र उम्मेदबार नवीनकुमार महतलगायतले चुनौती दिइरहेका छन् ।
साक्षात्कारमा उज्यालो पार्टीबाट भक्तपुर क्षेत्र नं १ का उम्मेदबार रमेश वल्लले क्षेत्र नं १ मा पनि विस्तारै पार्टीका क्रियाकलापहरु चलायनमान हुन थालेका जनाए ।
भक्तपुरका दुवै क्षेत्रहरुमा नेपाल मजदुर किसान पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीलगायतका पुराना दलहरुका उम्मेदबारहरु प्रतिस्पर्धामा छन् । साथै उनीहरुलाई टक्कर दिन नयाँं दलको रुपमा रहेका राष्टिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी, श्रम पार्टीलगायतका दलहरुका उम्मेदबारहरु पनि चुनावी मैदानमा होमिएका छन् ।
फाेटाेमा हेर्नुहाेस्...
