भाइबहिनीलाई चिठ्ठीः चुनावमा अवसरवादीहरुलाई चिनौ
फाल्गुन ५, २०८२, मङ्गलबार | दिउँसो १२:०७ बजे | 125
कुमार लघु,ख्वप
भाइबहिनी र विध्यार्थीहरू नमस्कार
यो गएको महिनामा नेपाल मजदुर किसान पार्टीले ५२ औ पार्टी स्थापना दिवश मनायो । भाइबहिनीहरूलाई राजनैतिक पार्टीको विषयमा पनि जानकारी भई राख्नुपर्छ भनेर मैले आज सम्झाउन खोजेको हुँ । राजनैतिक रूपले यो चुनावलाई जनतालाई प्रशिक्षण दिने काम पनि जारी रहेको कुरा मैले लेखे ।
नेपाल मजदुर किसान पार्टीको वर्गीय संगठन नेपाल क्रान्तिकारी विध्यार्थी संघको स्थापना २०२६ सालमा स्थापना भयो । भित्रभित्र नेपाल मजदुर किसान संगठनको हिसावले स्थापना भइसकेको थियो । नेपाल मजदुर किसान पार्टी भनेर विधिवत रूपमा बाहिर २०३० साल माघ १० गते स्थापना भनेको नेमकिपाको प्रकाशनहरूमा अभिलेख गरेको पाइन्छ ।
हामीले यो नेमकिपाको इतिहास पढेर वृस्तित पार्टीको कुराहरू थाहा लिएर जानकारीमा राख्नुपर्छ । कहि कतै जनताहरूलाई आफ्ना इष्ट मित्रहरूलाई ,साथी ,साथीका आमा बुबाहरू र गाउँलेहरूलाई इतिहासका कुरा गरेर थाहा दिने र वताउनु पर्ने हुनाले हामी अध्ययनशिल हुनु पर्छ । हामीले राजनैतिक पार्टीमै लागिरहनु पर्छ भन्ने छैन् समय दिन सकिन्छ भने लागे पनि आफ्नै प्रतिस्था वढ्छ । हामीलाई बाहिरी फेराले सज्जक रहेछ त्यो फलाना व्यक्ति त खराट रहेछ सबै जानकारी राख्दो रहेछ भन्ने थाहा हुन्छ । हामी अवसरवादी बन्नु हुन्दैन् । हामीले अवसरवादको विरोध गर्दै गर्नुपर्छ । इतिहासले नै यो नेमकिपा अवसरवादको विरूध्द स्थापना भएको हो । मैले भेउ पाएको दसी हो ।
नेमकिपा समाजवादी व्यवस्था ल्याउन लागि परेको र आदर्श समाज स्थापना गर्ने भनेर लागिरहेको पार्टी हो । मजदुर किसानहरूको हित र हितको लागि परेको पार्टी हो । संसदमा देशभक्तहरूको प्रतिस्था वचाउन नै अहिले चुनाव प्रचारमा पनि लागेको छ । महिलाहरू ४५ % यो चुनावमा महिला उम्मेदवारहरू उठाएकाछन् । ५९ जिल्ला उम्मेदवारी दिएकाछन् । जति संसदमा उठेर संसदको समय भुक्तामान गरेका छन् । अत्यधिक नेता तथा सदस्यहरू अवसरवादी भएर नै संसद देखेर तत्कालिन मन्त्रि प्रधानमन्त्रीहरूको विरूध्द जनताले आन्दोलन अघि सारेको अनुमान हो । कुनै कसैले विरोध र वक्तव्य दिएको पाईएन् । सबैको मौन स्वीकृति थियो । वेलामै नै तत्कालिन प्रधानमन्त्रीहरूको विरूध्द नेमकिपाले संसदमा आवाज राखेको थियो । त्यस्तो अवसरवाद मोलेर नै कार्य गरेको हुनाले त्यो भाद्रको समय बेहोर्न परेको कुरा याद दिलाउँछु । संसदमा विवेकशिल , कल्पनाशिल र दूरदर्शी व्यक्तित्व नेमकिपामा छ त्यसले नेमकिपालाई संसदमा नेतृत्वमा छनोट गर्नुपर्छ ।
हण्डर भोगेको र पंञ्चायती कालदेखी नै संसदलाई प्रतिक्रियावादीहरूको मञ्च उपयोग गरेर जनताको राजनैतिक शिक्षा उपलव्ध गर्दै आएको पार्टी नेमकिपा हो ।
अन्तमा कसैको चुनाव पछाडि लग्नु हुन्दैन होइन् लाग्ने हो भन्ने पृष्ठभूमि थाहा लिएर नेमकिपाको माहोलमा नै रहिरहनु हुन् सुझा दिएर आजलाई मैले विदा लिए । आर्को भेटमा चिठ्ठीमा बाकी कुरा लेखौला । धन्यवाद ,
२०८२÷११÷५ गते
