सूर्यविनायक नगरपालिका वडा नं. ५ बाट घरदैलो अभियानको शुभारम्भ
फाल्गुन ४, २०८२, सोमबार | राति १०:०३ बजे | 110
भक्तपुर, ०४ फागुन । नेकपा (एमाले) नेपालको राजनीतिक दलहरुमध्ये एउटा ठूलो दल हो । देश विकास र जनताको हितको निमित्त एमाले सदैव अगाडी सरेको छ । ‘देशले खोजेको र जनताले रोजेको पार्टी एमाले’ भन्ने नारासहित यही फागुन २१ गते हुन गइरहेको निर्वाचनको प्रचारप्रसारमा भक्तपुर क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेश बस्नेतले सूर्यविनायक नगरपालिका वडा नं. ५ बाट घरदैलो अभियानको शुभारम्भ गर्नुभएको छ । निर्वाचनको प्रचारप्रसार र घरदैलो अभियानमा स्थानीयबासीले उम्मदेवार महेश बस्नेतलाई टिका फूलमाला र खादा लगाएर सम्मानसहित नेकपा एमाले नै यस भक्तपुर क्षेत्र नं.२ को विकास र उज्जवल भविष्यको आशाको किरण हो भनी हार्दिक बधाई तथा शुभकामना दिएका छन् । एमाले सरकारको नेतृत्वमा भएको विकास, स्थानीयबासीको बिश्वास र उनीहरुको मन जितेर विकासका काममा लागि पर्नुभएको बस्नेतले स्थानीयबासीको साथ र सहयोग अनि विश्वासका कारण फेरि प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएको बताउनुभएको छ । प्रचारप्रसार अभियानमा उम्मेदवार बस्नेतले स्थानीयबासीको मर्म र पूर्व सांसदले यथावत छोडिदिएका कार्यहरुको गुनासो पनि बुझ्नुभएको छ ।
