चुनावलाई खेलाचि गर्न नहुने


फाल्गुन २, २०८२, शनिबार | राति १०:३० बजे | 145


चुनावलाई खेलाचि गर्न नहुने

भक्तपुर , २ फागुन । भक्तपुर जिल्ला बक्सिङ संघको आयोजनामा खेलप्रेमी र बक्सिङ खेलाडीहरुको भेला नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेश सांसद सुरेन्द्रराज गोसईँको प्रमुख आतिथ्यतामा शनिबार बज्र होटल बालाखुमा सम्पन्न भयो ।

कार्यक्रममा प्रमुख अतिथि सुरेन्द्रराज गोसाईँले देश र जनताको निस्वार्थ सेवा गर्ने जनतालाई सचेत र संगठित गर्न बल पनि सापत लिन पाउने बैंक भए सापत लिएर दाैडधुप गर्थें तर बराजनीतिक सचेतनाको लागि खेलाडी दाैडधुप हुनुपर्ने बताउनुभयो । उहाँले चुनावलाई खेलाचि गर्न नहुने बताउँदै लक्ष्मीप्रसाद देवकोटाको कविता मलाई भेडा बनाइ देउ भन्ने जस्तै जानेर दुख पायो भनेर बस्न नहुने बताउनुभयो । उहाँले का.रोहितको अध्ययनले नै उहाँको विश्लेषण सहि भएको बताउँदै  एमसिसि आएपछि देशले अहिलेको अवस्था भोग्नुपरेको बताउनुभयो ।

उहाँले अमेरिकाले अरवियन सागरमा हानेर अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र संघको मापदण्ड विपरीत काम भइरहेको बताउँदै आइआरआइ र नेडले युवाहरु तालिम दिइ नेपाल हातमा लिने अमेरिकाको सोच रहेकोले त्यस्ता दलालहरु हराउन मादलमा मत राख्नु पर्ने बताउँदै सत्ता परिवर्तन गरि अमेरिकी स्वार्थ काम गराउने बताउनुभयो । उहाँले भेनेजुयल जस्तै नेपाल पनि त्यस्तै गरिरहेको बताउँदै इन्डोप्यासिफिक रणनीति अनुसार काम नै नेपालमा अमेरिकी सेना राख्ने हतियार सहितको योजना षड्यन्त्र रचिएको बताउनुभयो । उहाँले भक्तपुर अस्पताल निमार्णमा अमेरिकी सेना आएको र राजपरिवार सखाप भएको घटना हाम्रै सामु भएको र प्यालेस्टाइनमा जातीय सखापका साथै  भेनेजुयला ह्युगो चाभेज अमेरिकी डलर नचलाउने अडान लिएपछि अपहरण गरेको बताउनुभयो । उहाँले अमेरिका भित्रै नै ट्रम्पलाई सिध्याउन सक्ने बताउदै यसले व्दन्द भइरहने बताउनुभयो । उहाँले भियतनाम युध्ददेखि नेमकिपाले बिरोध गरेको बताउँदै नडराइकन अहिलेसम्म डटेर अमेरिकी साम्राज्यवाद विरुद्ध लडिरहेको बताउनुभयो । उहाँले अन्यायको बिरोध नगरे कर्तव्य पुरा नहुने बताउँदै राजनीति धर्म निर्वाह गरेर समाजवादको पक्षमा वकालत गरिरहेको बताउनुभयो। उहाँले चीनसंग सम्बन्ध बिगार्न अमेरिकाले चलखेल र दलाइ लामाको उताराधिकारी छान्ने कार्य नेपालमा गराउन खोजेकोमा कुनै ठुलो र शासक पार्टीले नबोलेको बताउँदै यसले देश धुजाधुजा हुने सम्भावना रहेकोले चुनाबको मुद्दा पनि अमेरिकालाई धपाउने र भित्र्याउने बीचको संघर्ष भएको बताउनुभयो । उहाँले  इष्टिम फाइल पशुतुल्य कार्य भइरहेको महिला हिंसामा मोदि र दलाइलामासम्मको नाम जोडिएको र बालिकाको रगत चुस्ने गरेको समेत उल्लेख रहेकोमा मुख्य व्यक्ति ट्रम्प रहेको बताउनुभयो । उहाँले  अन्तर्राष्ट्रिय राजनीतिको प्रभावले नेपालको राजनीति अवस्था निर्धारण हुने बताउँदै नेमकिपाले नगरे कसले गर्छ जस्तो कि नागरिकता विधेयक, एमसिसि र एसपिपि लगायत बिरोध गरेको बताउनुभयो। उहाँले संसदमा एकले बोल्ने र १०० जनाले बोले पनि पार्टीको धारणा के ? महत्त्वपूर्ण कुरा त्यो हुन्छ भन्नुभयो । उहाँले मन्त्री मण्डलमा भएको र देश र जनताको अहितको काम बाहिर आउन्छ भनेर डराएर शासकहरु चुनावमा जसरी भएपनि नेमकिपालाई हराउनु खोजेको बताउनुभयो । उहाँले  सांसदले बिरोधका बाबजुद  पाजेरो सुविधादेखि भ्रष्टाचार सुरु भएको बताउँदै नेमकिपाको संसदमा आवश्यक छ र कमिशनको नांगो खेल विरुद्ध नेमकिपा अपरिहार्य छ भन्नुभयो । उहाँले  नयाँ भनेका दागैदाग भएका देशको नीति नियम योगदान क्षमता जनताको निम्ति राम्रो काम के गर्यो? यस्तो केहि नभएको व्यक्ति कसले पत्याउने बताउनुभयो । उहाँले देश चलाउन सम्प्रभुता, सेना प्रहरी चलाउन सक्ने व्यक्ति हुनुपर्नेमा  देवता ठानेको व्यक्ति इस्टिन फाइलमा जस्तै नाम आए त्यो भन्दा लज्जास्पद कुरा के हुन्छ भन्नुभयो । उहाँले आँखा चिम्लेर विश्वास गर्न नहुने बताउदै  नयाँ भनेका सबै काँग्रेस एमाले माआेवादीबाट आएका के को नयाँ ? भन्नुभयो । उहाँले  युक्रेन राम्रो देश युध्दले धुजाधुजा भएजस्तै नेपालमा जेलेन्स्कि विरुद्ध चुनावमा मादल चिन्हमा मत हाल्न प्रचारप्रसार गर्न अनुरोध गर्नुभयो । उहाँले प्रत्यक्ष र समानुपातिक पनि मादलमा मतदान गर्न र खेलाडी राजनीतिक रुपमा मनोबल बढाउन कार्यक्रममा सहभागी हुनुपर्ने बताउनुभयो । कार्यक्रम भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा भएको कार्यक्रममा विष्णु राम दुमरुले पनि बोल्नु भएको थियोे ।

फाेटाेमा हेर्नुहाेस्...

चुनावलाई खेलाचि गर्न नहुने

Comments