ख्वप साकोसमा भ्रमण तथा निर्वाचन सम्बन्धी छलफल


फाल्गुन २, २०८२, शनिबार | दिउँसो ०२:०२ बजे | 175


ख्वप साकोसमा भ्रमण तथा निर्वाचन सम्बन्धी छलफल

शनिबार | ख्वप बचत तथा  ऋण सहकारी संस्था लि. को आयोजनामा फागुन ४ गतेदेखी ८ गतेसम्म   खोटाङ ,भोजपुर  संखुवसभा ,धनकुटा    र धरानमा  आयोजित भौगोलिक अध्ययन अबलोकन  र फागुन २१ गते हुने निर्वाचन सम्बन्धमा छलफल भयो |कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदश्य उकेश कवांले चुनाबलाइ उपयोग गर्ने  लेनिननवादी नीति अनुसार नेमकिपाले देशभर ६९ जिल्लामा १२० जना उम्मेदवार उठाएको  हो |  नेमकिपाले निस्वार्थ रुपमा देश र जनताको सेवा गर्ने  सोच अनुसार  समाजवादी प्रचार अभियानलाई जोड दिएको  हो | कार्यक्रममा संस्थाका अध्यक्ष राजकुमार लघुले भौगोलिक अध्ययन अवलोकन  भ्रमण सम्बन्धमा जानकारी दिन्दै समाजवादी ब्यबस्थामा  शिक्षा स्वास्थ्य नि:शुल्क,योग्यतानुसार काम  र काम अनुसार ज्याला र ब्यक्तित्व बिकासमा समान अवसर पाउने भएकोले नेमकिपाको  समाजवादी प्रचार अभियानलाई  चुनाबमा जोड दिएको हो | देश्को सार्वभौमिकता जोगाउन मादल चिन्हमा मतदान आबश्यक छ भन्नू भयो | कार्यक्रममा ख्वप साकोसका  लक्ष्मी नारायण सुवाल,राजेश ब्यान्जुले पनि भ्रमणको महत्वमाथी  प्रकाश पार्नु भयो | 

फाेटाेमा हेर्नुहाेस्...

ख्वप साकोसमा भ्रमण तथा निर्वाचन सम्बन्धी छलफल

Comments