यो पटक भक्तपुर २ मा घण्टी बज्छः राजीव
माघ २९, २०८२, बिहीबार | साँझ ०६:४५ बजे | 180
भक्तपुर । राष्टिय स्वतन्त्र पार्टीकातर्फबाट भक्तपुर क्षेत्र नं २ का उम्मेदबार राजीब खत्रीले यो पटक भक्तपुर क्षेत्र नं २ मा आफनो जित निश्चित भएको दावी गरेका छन् । यो क्षेत्रमा पुराना दलका रुपमा रहेको कांग्रेस एमालेलाई जनतालाई नरुचाइएको भएर आफनो जित निश्चित भएको उनको दावी हो । एवीसीडी खवरसँंगको भेटमा उनले आफू जनतासँंगको भेटघाटका क्रममा जनता आफूहरुको पक्षमा उभिएको पाइएको पनि दावी गरे ।
२०७९ को पछिल्लो संसदको निर्वाचनमा यो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदबार दुलर्भ थापा विजयी भएका थिए । दोश्रोमा एमालेका महेश वस्नेत र तेश्रोमा नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापामगर तेश्रो स्थानमा रहेकी थिइन् । उक्त बेला राष्टिय स्वतन्त्र पार्टीका साजन विक चौथौ स्थानमा रहेका थिए ।
तस्वीर
राष्टिय स्वतन्त्र पार्टी भक्तपुर क्षेत्र नं २ को सम्पर्क कार्यालयमा घण्टी छापिएको टोपी लगाउँंदै उम्मेदबार राजीब खत्री ।
फाेटाेमा हेर्नुहाेस्...
