ख्वप विश्वविद्यालय ल्याउने ल्याकत म राख्छुः रास्वपा उम्मेदबार रुकेश
माघ २८, २०८२, बुधबार | राति ०९:०४ बजे | 195
भक्तपुर, माघ २८ । राष्टिय स्वतन्त्र पार्टीबाट भक्तपुर क्षेत्र नं १ का उम्मेदबार रुकेश रञ्जितले लामो समयदेखि चर्चामा रहेको ख्वप विश्वविद्यालय ल्याउने ल्याकत आफूले
राख्ने दावी गरेका छन् । स्वतन्त्र पत्रकार संघ भक्तपुरले बुधबार उनीसँंग गरेको साक्षात्कारमा उनले आफूले जिते भक्तपुमा ख्वप विश्वविद्यालय ल्याउन सक्ने दावी गरे ।
भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप मावि, ख्वप कलेज, ख्वप इन्जिनियरिंग कलेज, ख्वप कलेज अफ इन्जिनियरिंग, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, शारदा क्याम्पस मावि, ख्वप कलेज अफ ललगायतलाई ख्वप विश्वविद्यालयका रुपमा विकास गर्ने भन्दै १५ वर्षदेखि चर्चा चल्दै आएको छ ।
भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका एकल सांसद भएकोले उसले विश्वविद्यालय ल्याउन नसक्ने र राष्टिय स्वतन्त्र पार्टीका धेरै साँंसद हुने भएकाले ल्याउन सक्ने दावी उनले गरे । उनले त्यसकारण आफनो विजय आवश्यक भएको दावी पेश गरे ।
फरक प्रसंगमा उनले भक्तपुर क्षेत्र नं १ का जनता पुराना दलहरुका रुपमा रहेको नेपाली कांग्रेस, नेकपा एमालेलगायतका दलहरुबाट वाक्क भइसकेको दावी गरे । त्यस कारण यस क्षेत्रमा आफूहरु कांग्रेस एमालेको भन्दा वढी जनमत रहेको दावी उनले गरे ।
भक्तपुरका जनताको पीडामा मलम लगाउन आफनो विजयी अनिवार्य भएको उनको भनाई छ । उनले ख्वप विश्वविद्यालय ल्याउन आफूले ल्याकत राख्न सकिने बताए । साथै उनले एक दुई जना मात्रै उम्मेदबार जितेर नेपाल मजदुर किसान पार्टीले केही गर्न नसकेकोले आफनो जित आवश्यक भएको बताए ।
यो क्षेत्रमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) नियममित रुपमा जित निकाल्दै आएको छ । यस क्षेत्रमा नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेंले पाँंच पटक भारी मतका साथ विजयी भएका थिए । साथै पछिल्लो दुई पटक सोही पार्टीका केन्द्रिय सचिव प्रेम सुवालले जित निकालेका थिए ।
पछिल्लो २०७९ सालको संसदीय निर्वाचनमा यस क्षेत्रमा नेमकिपाका प्रेम सुवाल ४२ हजार सात सय ६१ मतका साथ विजयी भएका थिए । उनका निकटम प्रतिद्धन्द्धी एमालेका नवराज गेलालले ११ हजार नौ सय ६८ मत पाएका थिए । तेश्रो स्थानमा राप्रपाका खड्काले नौ हजार दुई सय २२ मत पाएका थिए । तत्कालिन माओवादी र कांग्रेसको गठबन्धनका साझा उम्मेदबार माओवादीका सुनिल गोठेले पाँंच हजार मत पाएका थिए ।
यस क्षेत्रमा यस पटक पनि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट प्रेम सुवाल, नेपाली कांग्रेसबाट किरण न्यौपाने, एमालेबाट सोम मिश्र, नेपाल कम्युनिष्ट पार्टीबाट हरिराम लवजू मैदानमा छन् । यस क्षेत्रमा विभिन्न राजनीतिक दलहरु र स्वतन्त्र गरी कुल २५ जना उम्मेदबारहरु चुनावी मैदानमा छन् ।
यो निर्वाचन क्षेत्रमा भक्तपुर र चाँंगुनारायण दुई वटा नगरपालिका क्षेत्रहरु पर्दछन् । भक्तपुर क्षेत्र नं १ मा एक लाख वढी मतदाताहरु छन् ।
.jpg)