नेमकिपा भनपा १० मा १५८ सदस्यिय निर्वाचन परिचालन समिति गठनः को हुन् संयोजक ? 


माघ २८, २०८२, बुधबार | राति ०७:३७ बजे | 275


नेमकिपा भनपा १० मा १५८ सदस्यिय निर्वाचन परिचालन समिति गठनः को हुन् संयोजक ? 

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) भक्तपुर नगरपालिका वडा न.१० ले निर्वाचन परचालन समिति गठन गरेको छ । नेमकिपा भनपा १० का अध्यक्ष लक्ष्मीप्रसाद चवालको अध्यक्षतामा १५८ जनाको निर्वाचन परिचालन समिति गठन गरेको हो । 
सो अवसरमा बक्ताहरुले देश बनाउने र बिगार्ने बीचको लडाईको रुपमा निर्वाचनलाई लिन आग्रह गर्दै आफ्नो अमूल्य मत सहि पार्टीका सही उ्रम्मेदवारलाई जिताउन नेमकिपाको मादल चिन्हमा मतदान अभियान सञ्चालन गर्न सो समिति गठन भएको जनाएको छ । नेमकिपा केन्दीय समिति सदस्य तथा बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले सो अवसरमा भक्तपुर नगरपालिकाले जस्तै देशै भरीका पालिकाहरुले आआफ्नो ठाउँमा गुणस्तरीय अस्पताल र विद्यालय, कलेजहरु बनाएमा देशका जनताले सुखको अनुभूती पाउने बताउनु भयो साथै उहाँले देशमा हुने भ्रष्टाचारलाई मात्रै अन्त्य गर्न सकेको भए नेपाली जनताले निःशुल्क शिक्षा, स्वास्थ्य सेवा पाउन सकिने उल्लेख गर्दै नेमकिपाले लामो समय देखि उठाउँदै आएको ख्वप विश्वविद्यालयको विषयलाई लिएर अन्यपार्टी र उम्मेदवारहरुले गलत व्याख्या गर्दै आएकोमा आपति जनाउनु भयो । नेमकिपाले सरकारमा रहँदा ख्वप विश्व विद्यालयको विद्येयकलाई ब्यवास्था गर्ने व्यक्तिहरुले आज आएर आफूहरु जितेमा ख्वप विश्वविद्यालय स्वीकृति दिने भनेर भ्रम फैलाउने कार्य मात्र गरेको उल्लेख गरेका हुन् ।
स्थानीय निर्वाचनमा पनि स्थानीय उम्मेदवार उठाने कानूनी मान्यतालाई सहजिलो बनाउन देशका विभिन्न जिल्लाहरुबाट पनि नेमकिपाले उम्मेदवारी दिएको जनाउँदै नेमकिपाका चैत्यराज शाक्यले आफ्नो एक भोट देश र जनताको नाममा नेमकिपा र मादलमा मतदान गर्न आग्रह गर्नु भयो । आफ्नो एउट भोटले के हुन्छ भनेर होइन, आफ्नो एउटा मतलाई पनि साँचै देश र समाज बनाउने भए मादल चिन्हमा मतदान गर्न उहाँले आग्रह गर्नु भयो । सो अवसरमा नेमकिपा नगर समितिका विष्णुरा दुमरुले विदेशी शक्तिको आडमा निर्वाचन जित्ने दल र उ्रम्मेबादहरुले देश र जनताको सेव ागर्न नसक्ने बताउँदै यसले विदेशी हस्तक्षेप बढ्ने उल्लेख गर्दै नेमकिपाको सिद्धान्त र विचारलाई आत्म साथ गरी जनतालाई मतदान गराउन आह्वान गर्नु भयो ।
नेमकिपा भनपा १०का अध्यक्ष लक्ष्मि चवालको सभापतित्वमा भएको सो कार्यक्रममा जनकवि चन्द्रबहादुर उलकको आतिथ्यता , आभा प्रजापतिको स्वागत मन्तव्यमा सो निर्वाचन परिचालन समिति गठन गरैको थियो सो अवसरमा भनपा१०बाट विभिन्न जिल्लामा आसन्न निर्वाचनकालागि उम्मेदवारी दिएका उम्मेदवारहरुको परिचयात्मक कार्यक्रम पनि आयोजना गरेको थियो ।

Comments