भक्तपुरमा लागुऔषाधिको रुपमा प्रयोग गर्ने औषाधिहरु विक्रीवितरण छैन


माघ २८, २०८२, बुधबार | साँझ ०६:५८ बजे | 85


भक्तपुरमा लागुऔषाधिको रुपमा प्रयोग गर्ने औषाधिहरु विक्रीवितरण छैन

भक्तपुर, २८ माघ । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा दुधपाटीमा रहेको औषाधि पसलहरुमा बुधबार अनुगमन गरियो । उहा“ले अनुगमनमा फार्मेसिष्ट वा औषाधि व्यवस्था विभागबाट ओरिन्टेशन पास अनुमति प्राप्तले मात्र औषाधि विक्री वितरण गर्न पाउने बताउनुभयो  । उहा“ले अनुगमनमा औषाधि पसल दर्ता नविकरण गर्नुपर्ने, सरसफाईमा ध्यान दिने, म्याद नाघेको औषधिहरु छुट्टै स्थानमा भण्डारण गर्नुपर्ने, औषाधि व्यवस्था विभागको पनि दर्ता नविकरण नभएकोले नविकरण गर्नुपर्ने संयोजक गोराले बताउनु भयो । उहा“ले लागुऔषाधिको रुपमा प्रयोग गर्ने नाराकोटिक औषाधिहरु विक्री वितरण नगरेको पसललेहरुले बताएको बरु त्यस्ता ग्राहकहरुलाई अस्पतालन मै पठाएको भनेको कुरा बताउनुभयो ।
अनुमगमनमा शास्वतक फर्मेसी, कार्यविनायक फार्मेसि, प्राइम डेण्टल क्लिनिक, भिग्नेश्वर फार्मेसी, न्यातापोल फार्मेसी,आरभ एण्ड मुस्कान मेडिकल हल,संस्कृता फार्मेसी, डोलेश्वर फार्मेसी, नःपुखु फर्मेसी, समृद्धि फार्मेसी, बाराही फार्मेसीमा अनुगमन गरेको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनभुयो ।
अनुगमनमा अनुगमन समितिका सदस्य वडाध्यक्ष श्यामकृष्ण खत्री, रोशन मैया सुवाल, रिता फसिकवा, भनपा श्यानिटेशका न.नि. दिलिपकुमार सुवाल, वडानिरिक्षक रामकृष्ण प्रजापति, कर शाखाका मोहन देबी व्याञ्जू, महानगरीय प्रहरी प्ररिसरका प्र.स.नि. कमल कुमार श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज खत्री, घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, भक्तपुर घरेलु तथा साना उद्योग कार्यालयका लक्ष्मी प्रसाद कासुला र ख्वप अस्पतालका सृजना बासुकलाको सहभागी थियो ।
 

Comments