घण्टीले देश वेच्न सक्छ भनेर जनतालाई सम्झाउँंदै आएको छुः राप्रपा भक्तपुर क्षेत्र नं १ उम्मेदबार खड्का

माघ २६, २०८२, सोमबार | साँझ ०६:१५ बजे | 255

घण्टीले देश वेच्न सक्छ भनेर जनतालाई सम्झाउँंदै आएको छुः राप्रपा भक्तपुर क्षेत्र नं १ उम्मेदबार खड्का

भक्तपुर । राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट भक्तपुर क्षेत्र नं १ का उम्मेदबार भरतबहादुर खड्काले आफनो क्षेत्रमा ठूला भनिएका नेपाली कांग्रेस, एमालेलगायतका जनमत नभएको दावी गरेका छन् । स्वतन्त्र पत्रकार संघ भक्तपुरले सोमबार गरेको साक्षात्कारमा उनले यी दलका नेताहरु आफनो क्षेत्रमा धेरै तल रहेको दावी गरे । एमालेबाट उम्मेदबार बनेका सोम मिश्र त पूर्व मेयर हुन्, उनले भने, उनी टेष्टेट व्यक्ति हुन्, त्यसकारण उनलाई जनताले राम्रैसँंग चिनिसके र एमाले धेरै तल पुगिसक्यो । 
यो क्षेत्रमा कांग्रेसको पनि जनमत नभएको उनले बताए । बरु तुलनात्मक रुपमा नेपाली कम्युनिष्ट पार्टी थोरै माथि रहेको विश्लेषण उनले गरे । राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)को थोरै चहलपहल भएको र त्यो पार्टीबारे आफूले पुगेसम्मको ठाउँंमा जनतालाई सचेत पार्दै आएको उनले सुनाए ।  साथै राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) ले भविष्यमा देश कसरी वेच्दैछ भन्ने बारेमा पनि आफूले जनतालाई बुझाउँंदै आएको उनले जनाए । उनले त्यसकारण जनतम आफूतिर रहेको दावी पनि गरे । 
फरक प्रसंगमा उनले आफू विजयी भए सांसद् भएबापत पाइने तलब भता सेवा सुविधा केही नलिने सार्वजनिक घोषणा गरे । आफूले पाउने सवै सेवा सुविधा निमुखा जनतालाई वितरण गर्ने प्रतिवद्धता उनले जनाए । म जनताको सेवाका लागि उम्मेदबार भएका हुँं, उनले भने, त्यसकारण जनताकै सेवामा लाग्छु । आफू विजयी भए आफनो क्षेत्रका सडक, खानेपानी सवै व्यवस्थित पार्ने प्रतिवद्धता उनले जनाए । 
भक्तपुर क्षेत्र नं १ मा राप्रपाबाट खडका, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट प्रेम सुवाल, नेपाली कांग्रेसबाट किरण न्यौपाने, एमालेबाट सोम मिश्र, नेपाल कम्युनिष्ट पार्टीबाट हरिराम लवजू, रास्वपाबाट रुकेश रञ्जित मैदानमा छन् । यस क्षेत्रमा विभिन्न राजनीतिक दलहरु र स्वतन्त्र गरी कुल २५ जना उम्मेदबारहरु चुनावी मैदानमा छन् । 
पछिल्लो २०७९ सालको संसदीय निर्वाचनमा यस क्षेत्रमा नेमकिपाका प्रेम सुवाल ४२ हजार सात सय ६१ मतका साथ विजयी भएका थिए । उनका निकटम प्रतिद्धन्द्धी एमालेका नवराज गेलालले ११ हजार नौ सय ६८ मत पाएका थिए । तेश्रो स्थानमा राप्रपाका खड्काले नै नौ हजार दुई सय २२ मत पाएका थिए । तत्कालिन माओवादी र कांग्रेसको गठबन्धनका साझा उम्मेदबार माओवादीका सुनिल गोठेले पाँंच हजार मत पाएका थिए । 
यो निर्वाचन क्षेत्रमा भक्तपुर र चाँंगुनारायण दुई वटा नगरपालिका क्षेत्रहरु पर्दछन् । भक्तपुर क्षेत्र नं १ मा एक लाख वढी मतदाताहरु छन् । 
 
फाेटाेमा हेर्नुहाेस्...

Comments