निर्वाचन परिचालन समिति गठन


माघ २५, २०८२, आइतबार | राति ०९:०५ बजे | 265


निर्वाचन परिचालन समिति गठन

भक्तपुर, २५ माघ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ निर्वाचन परिचालन समिति नेपाल मजदुर किसान पार्टी भनपा ९ दत्तत्रय समिति गठन कार्यक्रम केन्द्रीय सदस्य का.सरोजराज गोसाईंको प्रमुख आतिथ्यतामा सकोलानमा आइतबार एक समारोहबीच सम्पन्न भयो ।

कार्यक्रम प्रमुख अतिथि सरोजराज गोसाईंले प्रतिनिधि सभाको चुनाव कामदार जनताको हितमा कानुन बनाउन हुने निर्वाचनमा मादलमा नै मतदान गर्न र सञ्चार माध्यममा पनि बोल्नु पर्ने बताउनुभयो । उहाँले शोषक सामन्त कुरा मात्र गरेर खाने भएकोले प्रचारप्रसार भइरहेको र कामगरि खाने जनताको प्रचार नभएकोले त्यसको निम्ति हामीले नै प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो । उहाँले कामदार जनतालाई साक्षर बनाउन शिक्षामा जोड दिँदै नेमकिपाले कलेज खोलेर देशभरका जनतालाई पढ्ने अवसर प्राप्त भएको बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा पनि नमूना बनाइरहेका बताउँदै आफ्नै खुट्टामा उभिएर सम्पदा संरक्षण गरेको र वैदेशिक सहयोग १ अर्ब २० करोड नलिइ ४०/५० करोडमा पुन निर्माण सम्पन्न गरेको बताउनुभयो । उहाँले मितव्ययी भइ पारदर्शी रुपमा खर्च गरि विकास निर्माण गर्दा कम खर्चमा र जनश्रमदानले धेरै सम्पदा निर्माण भएको बताउनुभयो । उहाँले भूमि सुधार पक्षमा किसान संघर्षले जनताको आर्थिक स्तर वृद्धिले शिक्षा ग्रहण गरि डाक्टर ईन्जिनियर पढाउन सफल भएको  र व्यवसायी बन्न सफल भएको बताउनुभयो । त्यसको लागि संगठन आवश्यक भए अनुसार नेमकिपाले मजदुर किसानको सहयोगमा काम गरेको बताउनुभयो । 

कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य रबिन्द्र ज्याख्वले लिवाली आवास योजनामा २ वटा ईन्जिनियर कलेजले र तुमचो दुगुरे आवास योजनामा मालपोत, नापी कार्यालय र अदालत आर्थिक र सामाजिक चहलपहल वृद्धि भइरहेको  र अहिले गरिरहेको देको मिवा इटापाके आवास योजनामा सोही सोचमा काम गरिरहेको बताउनुभयो । 

कार्यक्रममा अतिथि नेमकिपा भक्तपुर नगर समितिका राम प्रजापतिले सबैले सबै कुरा थाहा नहुने बताउँदै संसद कानुन बनाउने थलोमा स्थानीय तहले गर्ने विकास निर्माणको कुरा गरेर रणभुल्ल पार्न सक्ने बताउँदै खाएको थालमा थुक्ने व्यक्ति जाइकाको एनजीओका दलाल रुख काट्न विँड बनेकाले मजदुर किसान बिरोधि व्यक्ति भएको र नेमकिपालाई समूल नष्ट गर्न २०४५ सालमा भक्तपुर काण्ड रचेको थियो तर पञ्चायत नै समाप्त भएको बताउनुभयो । उहाँले  नेमकिपाले भ्रष्टाचारको बिरोध, भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद विरुद्ध संघर्ष गरिरहेकाे बताउँदै अरु पार्टीले पैसा बाँधेर मत किन्न सक्ने भएकोले चुनाव प्रचार समिति बनाइ जनतालाई सचेत गर्नुपर्ने बताउनुभयो । उहाँले संगठन विस्तार भन्दा पनि गुणात्मक भइ काम गर्दा नेपालको कम्युनिस्ट आन्दोलनमा प्रकाश स्तम्भ भएको बताउनुभयो । उहाँले अरु पार्टीले विकास निर्माणमा भ्रष्टाचार गर्ने तर नेमकिपाले श्रमदान र आर्थिक सहयोग गरि विकास निर्माण गरि आएको बताउनुभयो ।

कार्यक्रममा नेमकिपा भमपा ९ का अध्यक्ष कृष्ण भक्त लवजुले बहुदल र निर्दलमा बहुदलीय व्यवस्था प्रगतिशील भएकोले त्यसको पक्षमा पञ्चायतको निर्वाचनमा भाग लिएको तर त्यहि अन्तिम नभएको बताउनुभयो । उहाँले बहुमत आएर सरकार बनाएपनि चुनावबाट आमूल परिवर्तन नहुने त्यसको लागि सशस्त्र संर्घष आवश्यक हुन्छ भन्नुभयो । उहाँले वर्गमा विभाजित समाजमा वर्ग संर्घषको आवश्यकता बोध गर्नुभयो । पुजीवादी व्यवस्थामा धनी झन झन धनी र गरिब झन झन गरिब हुने भएकोले समाजवादी व्यवस्थाको अपरिहार्यता बारे बताउनुभयो । उहाँले किसान संघर्ष र कमैया मुक्ति धोका भएको बारे पनि बताउँदै नेमकिपालाई जनताको साथ सधै रहेको बताउनुभयो । उहाँले प्रेम सुवालले प्रखर प्रतिपक्षको भूमिका निभाउनु भएकोले प्रतिनिधि सभामा अपरिहार्य व्यक्ति भएकोले निर्वाचनमा जिताउन मादल चिन्हमा छाप लगाई प्रेम सुवाललाई जिताआैं भन्नुभयो । उहाँले संसद कानुन बनाउने थलो भएकोले विकास निर्माणको कुरा गरेर जनता झुक्याउन सक्ने तर्फ सचेत हुनुपर्ने बताउनुभयो । उहाँले एक भोटको महत्त्व बारे प्रकाश पार्दै एक भोटले हारजित हुनसक्ने बताउनुभयो ।

कार्यक्रममा नेमकिपा भनपा ९ का सदस्य छोरीमैयाँ सुजखुले पार्टी के हो जिज्ञासा कुनै वर्ग उत्थानका लागि काम गर्ने संस्था भएको र वर्ग शोषक र शासक हुने बताउँदै शासक शोषण गर्ने वर्गमा पर्छ भन्नुभयो । उहाँले धनी र सामन्तीले दबाउने त्यसैले यो निर्वाचनमा त्यस विरुद्ध प्रतिनिधि सभामा राम्रो व्यक्ति छनाैट गर्नुपर्ने र सहकारी ठग, भ्रष्टाचारी र बलात्कारीलाई पराजित गर्नुपर्ने र विदेशी दलाललाई धपाउनु पर्ने बताउनु भयो ।

कार्यक्रममा केबि प्रजापतिले २ बर्ष अगाडि सरेको अबस्थामा वैदेशिक हस्तक्षेप बढी हुने सम्भावना रहेको र नयाँ पुस्ताले सामाजिक सञ्जालबाट जेलेन्स्कि जस्तै पपुलिस्त उम्मेदवारको ह्विम चिर्दै नेमकिपाका उम्मेदवार प्रेम सुवाल जिताउन जनतालाई सचेत गर्नुपर्ने बताउनुभयो । उहाँले भक्तपुर मोडल देशव्यापी प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रम नेमकिपा भनपा ९ दत्तात्रय समिति अध्यक्ष नातिभाइ ह्योम्बाको सभापतित्वमा सम्पन्न कार्यक्रममा रामकृष्ण प्रजापतिले पनि बोल्नु भएको थियो भने नातिभाइ ह्योम्बाको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरियो ।

फाेटाेमा हेर्नुहाेस्...

निर्वाचन परिचालन समिति गठन

Comments