यस्तो छ भक्तपुरमा निर्वाचनको तयारी
माघ २५, २०८२, आइतबार | राति ०७:२२ बजे | 305
भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले भक्तपुरमा जिल्लामा निर्वाचनको तयारीबारे आइतबार साक्षात्कार कार्यक्रम गरेको छ । जिल्ला निर्वाचन कार्यालय सल्लाघारी भक्तपुरका प्रमुख प्रकाश मगरसँंग साक्षात्कार गरेको हो ।
कार्यक्रममा कार्यालय प्रमुख मगरले जिल्लाका सवै निर्वाचतस्थल सुरक्षित रहेको जनाए । साक्षात्कारमा उनले त्यसकारण ढुक्क भएर मतदानमा सहभागी हुन सम्पूर्ण जिल्लाबासी मतदाताहरुलाई अनुरोध गरे ।
भक्तपुर जिल्लामा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि दुई निर्वाचन क्षेत्रहरु रहेका छन्, भक्तपुर क्षेत्र नं १ र २ । त्यसका लागि कुल ७६ वटा मतदानस्थलमा २३३ मतदान केन्द्रहरू निर्धारित गरिएको छ । यसवर्ष पहिलाका वर्षहरुमा भन्दा मतदाता बढेको र यही कारण मतदान केन्द्रहरू थप गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
भक्तपुर क्षेत्र नं १ मा ३७ मतदानस्थलमा ११९ मतदान केन्द्र तथा भक्तपुर २ मा ३९ मतदानस्थल र ११४ मतदान केन्द्रहरु निर्धारित छन् । यस चुनावमा सुरक्षित, संवेदनशील तथा संवेदनशीलभन्दा उच्च जोखिम भएका मतदानस्थलहरूसहित सुरक्षा र व्यवस्थापनमा जोड दिइएको जनाइएको छ ।
आवश्यकता अनुसार एउटा मतदानस्थलमा आवश्यक मतदान केन्द्रहरु रहने गरेका छन् । एक मतदान केन्द्रमा एक हजार मतदाताको हिसावले मतदान केन्द्रहरुको वन्दोवस्त रहेको जनाइएको छ ।
भक्तपुर जिल्लामा मतदानका लागि प्रायः स्कूल, सार्वजनिक भवन, सरकारी हल आदि स्थानहरू प्रयोग हुने गरेको जिल्ला निर्वाचन कार्यालय सल्लाघारी भक्तपुरका प्रमुख प्रकाश मगरले बताए । यसो हुँदा, केही स्थानमा छत नभएका वा अस्थायी कभर भएको स्थल हुने गरेको उनले बताए ।
कार्यक्रमको सञ्चालन संघका उपाध्यक्ष मणिराम लामिछानेले गरेका थिए । कार्यक्रमको प्रत्यक्ष प्रशारण जनसञ्चार टेलिभिजन, जनसञ्चार एफएम र एवीसीडी खवर फेसबुक पेजले गरेको थियो । कार्यक्रममा मिडिया पार्टनरको रुपमा हाम्रो समाज साप्ताहिक, नौलो आयाम अनलाइनलगायतका थिए ।
फाेटाेमा हेर्नुहाेस्...
