बिजुक्छेंले गरे आफू पत्रकार भएको खुलाशा


माघ २३, २०८२, शुक्रबार | साँझ ०६:३७ बजे | 715


बिजुक्छेंले गरे आफू पत्रकार भएको खुलाशा

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले आफूले पनि पहिला समाचार दिने गरेको खुलाएका छन् । त्यस क्रममा आफू पक्राउसमेत परेको उनले सम्झेका छन् । 
रफत सञ्चार क्लब सूर्यविनायक भक्तपुरको शुक्रबार भएको १६ औ वार्षिकोत्सव कार्यक्रममा अध्यक्ष बिजुक्छेंले कुनै वेला आफूले पनि पत्रकारिता गरेको र रिर्पोटिङ गर्न जाँदा तत्कालीन समयमा प्रहरीको लाठीप्रहार सहनु परेको स्मरण गरे । उनले आफू पक्राउ परेपछि मात्रै प्रशाशनले पत्रकार भएको थाहा पाएको पनि बताए । 
उनले पत्रकारले डर त्रास विना नै लेख्नुपर्ने पनि बताए । उनले भने, पत्रकारहरूले साँचो कुरा र बोल्न र लेख्न पछि पर्न हुँदैन । यो कर्तव्यप्रति च्यूत भएमा देश र जनताको अहित हुन जान्छ ।’
पत्रकारहरूले देश र जनताको पक्षमा बोल्न र लेख्न हिच्किचाउन नहुने उनले बताए ।
पत्रकारहरूले देश हितमा साँचो र सत्य कुरा बोल्न सक्नुपर्ने र पत्रकारिता क्षेत्र आफ्नो कर्तव्यबाट च्युत भए देश र जनताको अहित हुने उनले बताए । 
उनले पत्रकारहरूले इमानदार भएर कर्तव्य पूरा गरेमा समाज उत्साहित हुने र समाजलाई सुदृढ गर्न सकिने बताए । अध्यक्ष बिजुक्छेंले पत्रकारहरू अध्ययनशील भएर अगाडि बढेमा समाजप्रतिको आफ्नो कर्तव्य पूरा हुने उल्लेख गरे । उनले पत्रकारहरूले नै रुसी क्रान्ति, दोस्रो विश्वयुद्धमा खसालिएको आणविक बमको असरको यथार्थ स्थितिबारे प्रकाश पारेर संसारलाई जानकारी गराएको प्रसंग सुनाए ।
दुई जना पत्रकार सम्मानित
कार्यक्रममा भक्तपुरका दुईजना पत्रकारहरु सम्मानित भएका छन् । राष्टिय समाचार समिति (रासस)का फोटो विभाग प्रमुख फोटो पत्रकार रत्न श्रेष्ठ र कैलाश खवर डटकमका सम्पादक विनोद विक सम्मानित भएका हुन् । उनीहरु नगदसहित पुरस्कृत भएका हुन् । उनीहरुलाई नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें रोहितले पुरस्कार तथा सम्मान गरेका हुन् । 
कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, राष्टिय समाचार समिति राससका अध्यक्ष धर्मेन्द्र झा, भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललगायतले सम्मानित पत्रकारहरुलाई बधाई ज्ञापन गरे । क्लवले प्रत्येक वर्ष जिल्लाका पत्रकारहरुलाई विभिन्न विधामा सम्मान गर्दै आएको अध्यक्ष शुशीलबन्धु थापाले जनाए । 
 

फाेटाेमा हेर्नुहाेस्...

बिजुक्छेंले गरे आफू पत्रकार भएको खुलाशा
बिजुक्छेंले गरे आफू पत्रकार भएको खुलाशा

Comments