च्याम्हासिंह, देगइना र सल्लाघारीका फलफुल पसलहरुको अनुगमनः पसलहरु दर्ता विना संचालन


माघ २३, २०८२, शुक्रबार | साँझ ०५:५६ बजे | 95


च्याम्हासिंह, देगइना र सल्लाघारीका फलफुल पसलहरुको अनुगमनः पसलहरु दर्ता विना संचालन

भक्तपुर, २३ माघ । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा फलफुल पसलहरुको अनुगमन बिहिबार र शुक्रबार च्याम्हासिंह, देगइना र सल्लाघारीमा सम्पन्न भयो । देगइनामा पेटीमा राखेको पसलहरु दर्ता विना संचालन भएको संयोजक गोराले बताउनुभयो ।
अनुगमनमा न्यू ब्रम्हायणी जुस एण्ड फुड सेन्टरमा पेटी र पेटी बाहिर सामान राखेर बेचविखन नगर्न, मुल्य सुचि राख्न र म्याद नाघेको सामानहरु कोक २ फाण्टा १ जफत गरी नष्ट गरियो । तराजु नविकरणको कागजात नभएकोले तीन दिन भित्र कागजात सहित उपस्थित हुन र प्याकेजिङ्ग सामान खाद्य विभागबाट अनुज्ञापत्र लिई लेबल राखी मात्र विक्रि वितरण गर्न निर्देशन दियो । 
    सृष्टि फुड सेन्टरमा तराजु नविकरण तीन दिन भित्र गर्न निर्देशन दियो ।
    लक्ष्मी स्वीट एण्ड प्यालेसमा पुरानो र पकाएको तेल ४ लिटर जफत गरी नष्ट गरियो ।
    के.ओ.डि स्टोरमा म्याद नाघेको सामानहरु मखन ७ पाकेट, चोकोस् ४ पाकेट, प्रकृति मैडा ५ पाकेट जफत गरी नष्ट गरियो भने पसलको दर्ता प्रमाणपत्र सहित तीन दिन भित्र नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दियो । 
    सुनिता थापाको फलफुल पसल तीन दिन भित्र दर्ता गर्न निर्देशन दियो ।
ताज फुड सेन्टर तराजु नविकरणको कागजात नभएकोले तीन दिन भित्र नापतौल विभागमा दर्ता गर्न र म्याद नाघेको क्याम्पा जुस ३ वटा जफत गरी नष्ट गरियो ।
जयकाली फ्रुट सेन्टरमा तराजु नविकरण नभएकोले जफत गरी तीन दिन भित्र उपस्थित हुन र म्याद नाघेको समानहरु बदाम जुस ७ वटा, ड्यु एक लिटरको ६ वटा, हाप लिटरको ५ वटा, जम्बो १ वटा, जम्बो कोक १ वटा, स्प्राइट १ वटा, ड्रीन्को जुस ४ वटा जफत गरी नष्ट गरियो । 
रावनम फ्रुट सेन्टर तीन दिन भित्र नविकरण गर्न, तराजु नविकरण नभएकोले जफत गरी तीन दिन भित्र नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दियो ।
च्वङ्गा गणेश स्टोरको दर्ता प्रमाणपत्र सहित तीन दिन भित्र नगरपालिका कार्यालयमा उपस्थित हुन र म्याद नाघेको समानहरु फाण्टा जम्बो २ वटा, हाप लिटरको ४ वटा, एक लिटरको १ वटा र रियल जुस ६ वटा जफत गरी नष्ट गरियो ।
    अनुगमनमा अनुगमन समितिका सदस्य श्यामकृष्ण खत्री, रिता फसिकवा, श्यानिटेशन उपशाखा प्रमुख दिलिप कुमार सुवाल, वडानिरिक्षक रामकृष्ण प्रजापति, कर उपशाखा मोहन देवी व्याञ्जू, जिल्ला प्रशासन कार्यालय भक्तपुरका नवराज पोखरेल, जिल्ला प्रहरी कार्यालयका प्र.स.नि. टेज प्रसाद खतिवडा र कमल कुमार श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, उद्योग बाणिज्य संघ भक्तपुर राजु त्वनाबासु, घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, घरेलु तथा साना उद्योग कार्यालयका लक्ष्मी प्रसाद कासुलाको उपस्थित रहेको थियो । 
 

Comments