युवा पुस्तामा राजनीतिप्रति वितृष्णा
माघ २२, २०८२, बिहीबार | राति ०९:०० बजे | 225
भक्तपुर, २२ माघ । नेपाल कर्मचारी समाज भनपा ९ को आयोजनामा ५२ पार्टी स्थापनाको अबसरमा कर्मचारी भेला नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वको प्रमुख आतिथ्यतामा बिहीबार सकोलानमा सम्पन्न भयो ।
अतिथि रबिन्द्र ज्याख्वले आचारसंहिता र विद्यालय शान्ति क्षेत्र भनि हुर्केका युवा पुस्ता राजनीति प्रति वितृष्णा जागेको बताउँदै भ्रष्टाचार, सुशासन बिहिनता र नेताका छोराहरुको विलासिता जीवनको विरुद्धको तोडफोड र हिंसा आन्दोलन अराजकता भएको भन्नुभयो । उहाँले नेपालमा जेलेन्स्की बन्नेहरुको होड विरुद्ध जनचेतना वृद्धि हुदै आएको बताउनुभयो ।
कृष्ण भक्त लवजुले महिनाभरि स्थापना दिवस मनाउने क्रममा नेपाल कर्मचारी समाज भनपा ९ ले कर्मचारी भेला गरेकोमा धन्यवाद दिँदै आफ्नो कर्तव्य इमानदार र अनुशासनमा रहि काम गरे शिर झुक्नु नपर्ने बताउँदै अरु भ्रष्टाचार गरी धनि भए परिवार र साथीभाइ छरछिमेकी भ्रष्टाचारीसंग तुलना गर्नु गलत भएको बताउनुभयो । उहाँले किसान आन्दोलन बारे बताउँदै मोहियानी हक आन्दोलन, भर्पाईं आन्दोलन, बाली काट्ने आन्दोलन, साढे धपाउने आन्दोलन बारे बताउनुभयो । उहाँले बहुमत किसान उत्थान गरी आर्थिक स्तर वृद्धि भएमात्र क्रयशक्ति वृद्धि भइ सहुमहाजनहरुको व्यापार वृद्धि हुने बताउनुभयो । उहाँले मोहियानी हक आन्दोलनको क्रममा धर्म पुत्रलाई पनि मोहियानी हक प्राप्त गरेको बताउनुभयो । कामगरि खाने कामदार वर्गलाई शासनसत्तामा पुर्याउन शिक्षित हुनुपर्ने भएकोले शिक्षामा पनि जोड दिएको लवजुले बताउनुभयो । उहाँले मोहियानी हक बिना कमैया मुक्ति धोका भएको का.रोहितले संसदमा संघर्ष गरेको कुरा बताउनुभयो । पार्टी स्थापना हुनुको मुख्य कुरा कम्युनिस्ट पार्टी भित्र देखिएको मतभेद रुस सामाजिक साम्राज्यवादमा पटन, चुनाब उपयोग, भूमि सुधार उपयोगमा सैद्धान्तिक विचारको लागि अलग भएको बताउनुभयो ।
कार्यक्रम नेपाल कर्मचारी समाज भनपा ९ का अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा विकास प्रजापतिले पनि बोल्नु भएको थियो ।
