मेरो प्रतिस्पर्धी महेश वस्नेत मात्रै होइनन्, सबै हुन्ः कांग्रेस उम्मेदबार राणा


माघ २२, २०८२, बिहीबार | साँझ ०६:३५ बजे | 220


मेरो प्रतिस्पर्धी महेश वस्नेत मात्रै होइनन्, सबै हुन्ः कांग्रेस उम्मेदबार राणा

नेपाली कांग्रेस भक्तपुर–२ का उम्मेदवार कविर राणाले आफूविरुद्ध प्रतिस्पर्धा गर्ने राजनीतिक प्रतिद्वन्द्वीहरू सवै बराबर रहेको बताएका छन् । तर उनीहरु सवै अनुभवहीन र परिपक्व नभएको उनले बताएक ा छन् ।
नेपाली कांग्रेस निकटको प्रेस युनियन भक्तपुरले बिहीबार उनीसँंग गरेको पत्रकार सम्मेलनमा राणाले आफूले राजनीतिमा जति समय र चुनौती भोगेको छ, त्यसमा प्रतिस्पर्धीहरूको अनुभव त्यति नभएको दावी गरे । तथापि आफनो प्रतिस्पर्धी सवै रहेको उनले बताए । आफनो प्रतिस्पर्धी नेकपा एमालेका महेश वस्नेत मात्रै नभई सवैजना रहेको उनले बताए । 
उनले दावी गरे, ‘शैक्षिक योग्यताको हिसाबले पनि म जतिको योग्य कोही छैन । त्यसैले जित निश्चत रहेको उनको दावी छ । विगतमा पनि निरन्तर सफलता हासिल गर्दै आएका छौँ, अहिले पार्टी एक ढिक्का छ, जित सुनिश्चित छ, उनले भने ।
पत्रकार सम्मेलन पार्टी जिल्ला सभापति दुर्लभ थापा, पूर्व सभापतिहरु गणेशमान चक्रधर, केन्द्रिय सदस्य मदनकृष्ण श्रेष्ठ, अष्ट कवेलगायतका पनि सहभागी थिए । तर पार्टी सवै एक भएको घोषणा गर्दै पार्टी सभापति दुलर्भ थापा आफू बोलेर कार्यक्रम नसकिैंदै कार्यक्रमबाट हिडे ।  
भक्तपुर–२ मा अहिले एमालेबाट महेश बस्नेत, नेकपाबाट रामप्रसाद सापकोटा दीपशिखा र रास्वपाबाट राजीव खत्री, नेपाल मजदुर किसान पार्टीबाट रमेश वैद्य, राष्टिय प्रजातन्त्र पार्टीबाट विक्रम थापा छन लगायत उम्मेदवार रहेका छन् । साथै यस क्षेत्रमा पत्रकार जन्मदेव जैसी, अभियन्ता शोभा पाठक, उज्यालो नेपाल पार्टीबाट जीतमान लामा पनि प्रतिस्पर्धीका रुपमा छन् । 

फाेटाेमा हेर्नुहाेस्...

मेरो प्रतिस्पर्धी महेश वस्नेत मात्रै होइनन्, सबै हुन्ः कांग्रेस उम्मेदबार राणा

Comments