चुनाव जनताको चेतनास्तर नाप्ने व्यारोमिटर
माघ २१, २०८२, बुधबार | साँझ ०५:३८ बजे | 175
भक्तपुर, २० माघ । नेपाल मजदुर किसान पार्टीको ५२ आैं स्थापना दिवस नेमकिपा भनपा ९ दत्तात्रय समितिको आयोजनामा कार्यकर्ता भेला केद्रीय सदस्य रवीन्द्र ज्याख्वको प्रमुख आतिथ्यतामा जेल्लांमा मंगलबार सम्पन्न भयो ।
प्रमुख अतिथि रवीन्द्र ज्याख्वले नेपाल कम्युनिस्ट पार्टी भित्र देखिएको संशोधनवाद, अवसरवाद र खोटा विचारको कारण नेपाल मजदुर किसान पार्टी स्थापना भएको बताउँदै सोभियत संघ सामाजिक साम्राज्यवादमा पटन, भारतले मुक्ति बाहिनी पठाइ बंगलादेश टुक्रा गरेको, किसान आन्दोलन, मुख्य सत्रु को ?, अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकार पुजी विरुद्ध संघर्षमा मतभेद भएपछि नेपाल मजदुर किसान पार्टी स्थापना भएको बताउनुभयो । उहाँले मार्क्सवाद, लेनिनवाद र माआे विचारधारा मार्ग निर्देशक सिद्धान्त भएको र तत्कालीन कार्यक्रम जनताको प्रजातन्त्र र समाजवाद र साम्यवाद पुग्ने लक्ष्य भएको बताउनुभयो । उहाँले सीमा अतिक्रमण , लेनिनवादी सिद्धान्त अनुसार चुनाव उपयोग गर्ने नीति अनुसार चुनावलाई जनताको चेतनास्तर नाप्ने व्यारोमिटर भएको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा भमपा ९ का अध्यक्ष कृष्ण भक्त लवजुले आचार संहिता वारे बोल्दै जनप्रतिनिधि र कर्मचारीहरुले पालना बारे प्रशिक्षणको आवश्यकता बोध गर्दै मतदान गर्ने बुथ रहने स्थान र पहिलाको मतदाता बारे जानकारी दिनुभयो । उहाँले घरदैलो कार्यक्रमको आवश्यकता बोध गर्दै यो निर्वाचनमा प्रधानमन्त्री प्रत्येक्ष निर्वाचित नगर्ने भएको र प्रतिनिधि सभाबाटमात्र प्रधानमन्त्री निर्वाचित गर्ने भएकोले अहिले प्रधानमन्त्री घोषणा गरेर जानु संविधान विपरीत भएको र जनतालाई अलमलाउने बताउनुभयो । उहाँले पुजीवादी व्यवस्थामा विज्ञापन शैली प्रचार गरेपनि बहुमत नआए प्रधानमन्त्री हुन नसक्ने बताउनुभयो । उहाँले कांग्रेसले भट्टराईलाई प्रधानमन्त्री घोषणा गरेपनि पार्टी भित्र झैझगडाले पार्टी नै टुक्रा भइ गिरिजाप्रसाद र शेर बहादुर बनेकोले पार्टीको घोषणापत्र, सिद्धान्त र विचारले मत माग्नुपर्ने बताउनुभयो । उहाँले भ्रष्टाचार बिरुद्ध उदाएका नै भ्रष्टाचारको मुद्दा र ५ करोड धराैटी राखेको स्त्रोत के भनेर प्रतिप्रश्न गर्दै एजेन्डामा अडान छ कि छैन त्यसतर्फ सोच्नुपर्ने बताउनुभयो । उहाँले साढे ७२ घण्टा राष्ट्रपति कार्यालय जलिरहदाँ र न्युरोडमा २ दिन प्रहरी जनसेवा जलिरहदा दमकल प्रयोग नगर्ने र आपतविपतमा काम नगर्नेले यो गर्छु त्यो गर्छु भन्नेमा विश्वास गर्न नहुने बताउनुभयो । नयाँ फेर्नुको नाममा विष पिउनु नहुने बताउँदै रुसमा समाजवाद ढल्दा अहिले त्यहाँ जनतले भोगेको दुखकष्टले फेरि समाजवादको लागि संर्घष गरिरहेकाे बताउनुभयो । उहाँले ख्वप विश्वविद्यालयको लागि संघर्ष वारे बताउँदै त्यसलाई रोक्नेहरुले नै जस लिन विश्व विद्यालय बारे बोलिरहेकाे बताउनुभयो । उहाँले मानव सभ्यता सुरु भएको बागमती सफाई अभियान ७५५ हप्तामा पनि सफलता प्राप्त गर्न नसकेपनि हनुमन्ते खोला सफाईमा प्रयास गरिरहेकोमा मतकोलागि गलत प्रचार गरिरहेको बारे सचेत हुनुपर्ने बताउनुभयो । उहाँले मन्त्री प्रधानमन्त्री बन्ने पदलोलुपका कारण सत्तापक्ष र प्रतिपक्ष पालैपालो प्रधानमन्त्री हुने पश्चिममा प्रजातन्त्रको सिद्धान्तले समेत नमिलेको बताउँदै राजनीति पैसा कामाउने व्यवसाय र जोगी बन्न राजनीति गरेको होइन भन्ने पुजीवादी र शासक दलको अपराधिक मानसिकता भएको बताउनुभयो । उहाँले किसान संघर्षमा मोहियानी हक, भर्पाई आन्दोलन, साढे धपाउने आन्दोलनले किसानको जीवन स्तर वृद्धि भएको बताउँदै वर्ग संघर्ष विना आमूल परिवर्तन सम्भव नहुने बताउनुभयो । उहाँले नयाँ दल भन्दा जनता हितमा काम गर्ने सिद्धान्त, विचार र घोषणापत्र नहेरी एमसिसि पक्षधरलाई समर्थन गरे देश उपनिवेश बन्ने बताउनुभयो । उहाँको जेन्जी आन्दोलनमा उपद्रोह हुनुमा साशक दलले देश र जनताको निम्ति काम नगरी पद र पैसा, भ्रष्टाचार, भागबन्डा र सुशासन नहुदाको परिणाम भएको बताउनुभयो । उहाँले रुख काट्न वीड बनेर आएका उम्मेदवारप्रति सचेत हुनुपर्ने बताउनुभयो ।
कार्यक्रम नेमकिपा भनपा ९ दत्तात्रय समितिका अध्यक्ष नातिभाइ ह्योम्बाको सभापतित्वमा सम्पन्न कार्यक्रममा इन्द्रबहादुर प्याथ र रामकृष्ण प्रजापतिले पनि बोल्नु भएको थियोे ।
