भक्तपुर–१ किन अझै पनि नेमकिपालाई हराउन सकिँदैन ?
माघ २०, २०८२, मङ्गलबार | राति ०७:०७ बजे | 220
भक्तपुर । फागुन २१ नजिकिँदै गर्दा भक्तपुर क्षेत्र नम्बर १ फेरि चुनावी चर्चाको केन्द्रमा छ । चिया पसलदेखि चौतारोसम्म, बजारदेखि सामाजिक सञ्जालसम्म एउटै प्रश्न घुमिरहेको छ— “यसपटक नेमकिपाको गढ भत्किन्छ कि भत्किँदैन”
उत्तर भने अझै पनि स्पष्ट देखिन्छ— भत्काउन सजिलो छैन।
‘मादल’ को निरन्तर लय
२०४८ सालदेखि सुरु भएको यात्राले भक्तपुर–१ लाई नेमकिपाको किल्ला बनाइदिएको छ । अध्यक्ष नारायणमान बिजुक्छे र अहिलेका सांसद प्रेम सुवालसम्म आइपुग्दा, यो क्षेत्र निरन्तर एउटै राजनीतिक धारमा उभिएको छ।
२०७९ को चुनावमा प्रेम सुवालले झण्डै ३१ हजार मतान्तर ले जित निकाल्नु सामान्य कुरा थिएन— त्यो भरोसाको मत थियो।
विकास देखिने, सेवा छुने
भक्तपुर नगरभित्र हिँड्दा मतदाताले विकास ‘सुनिरहेका’ छैनन्, देखिरहेका छन्।
सफा सडक, व्यवस्थित बस्ती, सम्पदा संरक्षण, निःशुल्क शिक्षा, घरघरमै स्वास्थ्य सेवा— यी कुरा भाषणमा होइन, व्यवहारमा भेटिन्छन्।
स्थानीय भन्छन्—
“यहाँ नेताले पाँच वर्षमा एकचोटि मात्र होइन, हरेक दिन काम गरेको देखिन्छ।”
यही निरन्तरताले नेमकिपालाई फरक बनाएको उनीहरूको तर्क छ।
नयाँ दलको लहर स् आशा छ, तर विश्वास बाँकी
भक्तपुर नगरभन्दा बाहिर, विशेषगरी चाँगुनारायण क्षेत्र मा भने नयाँ दलप्रति उत्सुकता बढ्दो छ।
युवादेखि वृद्धसम्म एउटै आवाज सुनिन्छ—
“पुरानाले गरेनन्, अब नयाँलाई मौका दिनुपर्छ।”
तर यही आशासँगै अर्को प्रश्न पनि उब्जिन्छ—
“के नयाँले भक्तपुरमा देखिएको मोडेल दोहोर्याउन सक्छ रु”
२५ उम्मेदवार, तर मुख्य प्रतिस्पर्धा कसबीच रु
मैदानमा २५ जना भए पनि चुनावी बहस भने केही अनुहार वरिपरि नै केन्द्रित छ—
नेमकिपाका प्रेम सुवाल
एमालेका सोमप्रसाद मिश्र
कांग्रेसका किरण न्यौपाने
रास्वपा, राप्रपा र अन्य नयाँ दल
सबैका एजेन्डा आकर्षक छन्— रोजगारी, सुशासन, पर्यटन, विकास।
तर मतदाता भन्छन्—
“एजेन्डा सबैसँग हुन्छ, कार्यान्वयन कसले गर्यो भन्ने महत्वपूर्ण हो।”
किन अझै पनि नेमकिपालाई हराउन गाह्रो छ रु
संगठन जमिनसम्म फैलिएको
विकास देखिने र मापनयोग्य
भ्रष्टाचारविरुद्ध कठोर छवि
स्थानीय पहिचान र सम्पदाप्रतिको संवेदनशीलता
निरन्तर एउटै राजनीतिक दिशा
यी सबै कारणले गर्दा, नयाँ दलको उत्साह हुँदाहुँदै पनि नेमकिपाको आधार कमजोर देखिँदैन।
निर्णयको दिन नजिकिँदै
फागुन २१ ले एउटा कुरा भने पक्का गर्नेछ—
भक्तपुर–१ ले फेरि इतिहास दोहोर्याउँछ कि नयाँ अध्याय लेख्छ रु
तर अहिलेको माहोल हेर्दा, एक वाक्य सबैभन्दा धेरै सुनिन्छ—
“नयाँ आउन खोज्दैछन्, तर भक्तपुर अझै मादलको तालमै छ।”
khabarbani
