को हुन् नवलपरासी पश्चिमकी नेमकिपाकी उम्मेदबार रञ्जना ?
माघ १९, २०८२, सोमबार | राति ०८:५४ बजे | 305
काठमाडौं । फागुन २१ को प्रतिनिधि सभा सदस्यको लागि नवलपरासी पश्चिम क्षेत्रबाट नेपाल मजदुर किसान पार्टीकोतर्फबाट रञ्जना सुवालले उम्मेदबारी दिएकी छन् । सुवाल हाल भक्तपुर नगरपालिका वडा नं ४ मा बसोबास गर्छिन् ।
भक्तपुर नगरपालिका ६ मा जन्मिएकी उनी परिवारको पहिलो सन्तान हुन् । माता रोशनीमैयाँं र पिता रत्नभक्त पहिलो सन्तानको रुपमा उनको जन्म भएको हो । हाल उनी ४४ वर्षकी भइन् ।
शिक्षामा उनले स्नातक उतीर्ण गरेकी छिन् ।
