बन डढेलो नियन्त्रण तथा रोकथामका लागि पुर्ब तयारीबारे सुरक्षाकर्मीहरुलाई अभिमुखिकरण तथा फिल्ड अभ्यास 


माघ १८, २०८२, आइतबार | राति ०८:४६ बजे | 210


बन डढेलो नियन्त्रण तथा रोकथामका लागि पुर्ब तयारीबारे सुरक्षाकर्मीहरुलाई अभिमुखिकरण तथा फिल्ड अभ्यास 

सिन्धुलाल्चोक । डिभिजन बन कार्यलय सिन्धुपाल्चोकको आयोजनामा फरेस्ट एक्सन नेपालको सहकार्यमा बन डढेलो नियन्त्रण तथा रोकथामका लागी पुर्ब तयारी सिन्धुपाल्चोक जिल्लामा रहेको सुरक्षाकर्मीहरुलाई अभिमुखिकरण फिल्ड अभ्यास तालिम डिभिजन बन कार्यलयको सभा हलमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता डिभिजन बन कार्यलय सिन्धुपाल्चोकका डिभिजनल प्रमुख मदन कडेलले गर्नुभएको थियो भने फरेस्ट एक्सन नेपालका सिन्धुपाल्चोक सम्योजक मदन बत्स्यलले बन डढेलो नियन्त्रण सम्बन्धी, सुरक्षा सम्बन्धी, डढेलोको प्रकार, हावाको चाप, भूगोलको अवस्था सम्बन्धी सगभागीहरुलाई प्रशिक्षण दिनु भएको थियो । हरित स्वयंसेवक सम्योजक सिन्धुपाल्चोकका शारदा प्रसाद चालिसेले बन डढेलो नियन्त्रणमा ध्यान दिनुपर्ने उपकरण औजार बोक्दा नियन्त्रण गर्दा वाटर ब्यग र्यकेट फाएर सटर चलाउदा र तेस्ले गर्ने कामहरुको बारेमा फिल्डको बारेमा प्रशिक्षण दिनु भएको हो । 
डिभिजनल प्रमुख मदन कडेलले अझै डढेलो निउनिकरण गर्ने सम्बन्धमा स्थानिय सरकार सामुदायिक बन समुहहरुसङ समन्वय गर्दै थप तलिम प्रदान गर्ने र बन डढेलो बेबस्थपन गर्न प्रचार प्रसारलाई तिब्र बनाउनेतर्फ डिभिजन बन कार्यलयकोतर्फबाट गर्नुपर्ने कार्यलाई प्रथामिकता दिने बिषयमा बोल्नु भएको थियो । सो कार्यक्रममा श्री ईन्द्रध्वज गण सिन्धुपाल्चोक चौतारा, ससत्र प्रहरी १६ नम्बर गण सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकबाट सहभागी रहेको थियो भने कार्यक्रम सहजिकरण फरेस्ट एक्सन नेपालका अनुसन्धानकर्ता मनिस श्रेष्ठले गर्नुभएको थियो ।
 

Comments