मतदाता भेटघाट कार्यक्रमलाई तीव्रता


माघ १८, २०८२, आइतबार | विहान ०९:३२ बजे | 130


मतदाता भेटघाट कार्यक्रमलाई तीव्रता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना तथा जनमुखी नेतृत्वको प्रतिबद्धतासहित प्रतिनिधिसभा क्षेत्र नं. १ का एमाले उम्मेदवार अमित लामाले मतदाता भेटघाट कार्यक्रमलाई तीव्रता दिएका छन्।

खानीखोलास्थित तालढुंगामा पुगेर उनले आफू कुनै पद, पैसा वा व्यक्तिगत स्वार्थका लागि नभई जनताको विश्वास जित्नका लागि चुनावी मैदानमा उत्रिएको बताएका छन् । ‘म बाहिरबाट आएको मान्छे होइन, यही माटोमा हुर्किएको, यही समाजसँग दुःख–सुख बाँडेको तपाईंहरूमध्ये एक हुँ’, उनले भने।

उनले डाँडापारि क्षेत्रले भोग्दै आएको पीडा आफूले नजिकबाट देखेको र यहाँ लुकेको सम्भावनालाई पनि राम्ररी चिनेको उल्लेख गरे। ‘यहाँ अभाव छन्, तर क्षमता अझ ठूलो छ। समस्या छन्, तर समाधान सम्भव छन्’, भन्दै उनले योजनाबद्ध विकासमार्फत परिवर्तन सम्भव रहेको धारणा राखे।

Comments