भक्तपुर क्षेत्र नं २ मा घण्टी पाँंचौ हुनसक्छः महेश वस्नेत
माघ १७, २०८२, शनिबार | दिउँसो ०१:०९ बजे | 175
भक्तपुर । नेकपा एमालेका सचिव एवं सो पार्टीबाट भक्तपुर क्षेत्र नं २ का उम्मेदबार महेश वस्नेतले राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री पाँंचौ नम्वरका लागि प्रतिस्पर्धा गर्दै रहेको दावी गरेका छन् । दुवाकोटमा मतदातासँंग भोट माग्दै गर्ने क्रममा उनले सञ्चारकर्मीसँंग आफनो जित निश्चित रहेको दावी गरे । उनले आफूले ३३ हजार वढी मत ल्याएर विजय हासिल गर्ने दावी गरे ।
भक्तपुर २ मा निकटम प्रतिदन्द्धी नेपाली कांग्रेसका कविर राणा हुने दावी उनले गरे । तेश्रोमा नेपाल मजदुर किसान पार्टी र चौथौमा नेपाली कम्युनिष्ट पार्टी रहने दावी उनको छ । पाँंचौमा राष्टिय प्रजातन्त्र पार्टी वा रास्वपा हुने उनको दावी हो । पाँंचौका लागि त्यो घण्टीको भाइ कसरतरत छन्, उनले भने, राप्रपालाई उछिन्न सक्यो भने त्यो भाइ पाँंचौ नम्वरमा सुरक्षित हुनेछन् ।
